आजदेखि इन्द्रजात्रा शुरु

news-details

काठमाडौं उपत्यकामा मनाइने मुख्य पर्व इन्द्रजात्रा आजदेखि शुरु भएको छ । वर्षा र सहकालका देवता इन्द्रको पूजा गरेर नेवार समुदायले मनाउने इन्द्रजात्रा हनुमानढोकाको अगाडि इन्द्रध्वजासहितको लिङ्गो ठड्याइएपछि शुरु भएको हो । इन्द्रध्वज उत्थानको शुभ साइत आज बिहान ८:२६ बजे रहेको थियो ।

भाद्र शुक्लपक्ष द्वादशीको दिन इन्द्रध्वज उत्थान गरि शुरु हुने इन्द्रजात्रा नाचगान, रथयात्रा र देवीदेवताको पूजा गरि आठ दिनसम्म मनाइन्छ । यस बिच कुमारी, भैरव, गणेशको रथयात्रा पनि हुन्छ ।

असोज १ गते इन्द्रजात्राको मुख्य दिन हो । यस दिन राष्ट्रप्रमुखले हनुमान ढोकाको गद्दी बैठकबाट गणेश, भैरव र कुमारीको दर्शन गर्ने परम्परा छ । सरकारले यस दिन काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिएको छ ।

असोज ५ गते भने निबार नानिचा यात्रासँगै राति १०:३१ बजेको साइतमा इन्द्रध्वज ढालेपछि जात्रा सकिन्छ । काठमाडौंकासाथै ललितपुर, भक्तपुर, धुलिखेल र दोलखालगायतका स्थानमा पनि इन्द्रजात्रा धुमधामका साथ मनाउने गरिन्छ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *