लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा ज्ञवाली नियुक्त, यस्ता छन मन्त्रीपरिषद बैठकका निर्णयहरु

news-details

सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा सुशील ज्ञवालीलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा सुशील ज्ञवालीलाई नियुक्त गर्ने निर्णय गरेको प्रवक्ता पृथ्वी सुव्वा गुरुङले जानकारी दिए ।

उनले भने,‘बैठकले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा सुशील ज्ञवालीलाई नियुक्त गर्ने निर्णय गरेको छ ।’

यस्तै, कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोषबाट प्राप्त हुने ५३.४ मिलियन एस.डि.आर. (करिव ९ अर्व ४५ करोड रुपैंयाँ बरावरको सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने निर्णय भएको पनि उनले जानरी दिए ।
उनले भने,‘कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोषबाट ‘रिसाइलेन्ट हाइभ्यालु एग्रिकल्चर प्रोग्राम’का लागि प्राप्त हुने ५३.४ मिलियन एसडिआर(करिव नौं अर्व ४५ करोड रुपैंयाँ बरावरको सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने र वित्तीय सम्झौतामा हस्ताक्षर गर्न अर्थ मन्त्रालयलाई अख्तियारी दिने पनि निर्णय भएको छ ।’

दक्षिण एसियाली उपक्षेत्रीय आर्थिक सहयोग बिद्युत ट्रान्समिसन तथा वितरण आयोजनाको कार्यान्वयनका लागि एसियाली विकास बैंकसमेतबाट प्राप्त हुने अनुदान तथा सहुलियतपूर्ण ऋण सहायता प्राप्तिको लागि नेपाल सरकारकोतर्फबाट एसियाली विकास बैंकसँग वार्ता गर्न अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गर्ने पनि निर्णय सरकारले गरेको छ ।

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय लगायतका आयोजनामा आ.व. २०८१/८२ का लागि २१० अस्थायी दरबन्दी स्वीकृत गर्ने पनि सरकारको निर्णय छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *