एमालेले बनायो १८ बुँदे वार्षिक कार्ययोजना

news-details

नेकपा एमालेले पार्टीलाई र निर्णायक राष्ट्रिय शक्तिका रूपमा स्थापित गर्नका लागि १८ बुँदे वार्षिक कार्ययोजना बनाएको छ ।

शुक्रबार केन्द्रीय सचिवालयको बसेको केन्द्रीय सचिवालयको बैठकले निर्णायक राष्ट्रिय शक्ति निर्माणको १८ बुँदे वार्षिक कार्ययोजना पारित गरेको महासचिव शंकर पोखरेलले जानकारी दिए ।

उनले भने,‘आज पार्टीको केन्द्रीय सचिवालयको बैठकले पार्टीको वार्षिक कार्ययोजना निर्णायक राष्ट्रिय शक्ति निर्माणको वार्षिक कार्ययोजना पारित गरेको छ । वार्षिक कार्ययोजनाभित्र १८ वटा विषयहरु समावेश गराएका छौं ।’
उनले पार्टी सदस्यता नवीकरण विस्तार र अभिलेखको कामलाई कार्ययोजनाको पहिलो विषय बनाइएको पनि जानकारी दिए ।

उनले भने,‘पार्टी सदस्यता नवीकरण विस्तार र अभिलेखको कामलाई कार्ययोजनाको पहिलो विषय बनाइएको छ । केही जिल्लामा अधिवेशन गर्न बाँकी छ जुन कार्तिक मसान्तसम्म सम्पन्न गर्ने कार्ययोजना छ । सबै तहका अधिवेशन मंसिर मसान्तभित्र सम्पन्न गरिसक्ने योजना बनाइएको छ ।’

त्यस्तै एमालेले पार्टीका सबै सदस्यले हरेक वर्ष कम्तीमा एउटा कक्षा लिनैपर्ने योजना बनाएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *