लागूऔषध कारोबारको आरोपमा रास्वपाका पूर्वसांसद ढाकाकुमार श्रेष्ठ पक्राउ

news-details

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पूर्वसांसद ढाकाकुमार श्रेष्ठ लागूऔषध कारोबारमा संलग्न भएको आरोपमा पक्राउ परेका छन ।

पोखरा महानगरपालिका-९ पृथ्वीचोकस्थित दिया फार्मेसीका सञ्चालक ४८ वर्षीय श्रेष्ठलाई पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ ।

गत साउन ३ गते पोखरा-२ बसपार्कबाट रोल्पाका ४२ वर्षीय प्रकाश थापामगर लागूऔषध ट्रामाडोलसहित पक्राउ परेका थिए । त्यसको अनुसन्धानका क्रममा थापामगरले लागूऔषध श्रेष्ठको दिया फार्मेसीबाट खरिद गरेको बयान दिएका थिए । सोही बयानका आधारमा आज फार्मेसी सञ्चालक श्रेष्ठलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *