एनआरएनएमा आधिकारिकताको माग राख्दै शर्मा, पौडेल र ढुंगाना पुगे सर्वोच्च अदालत

news-details

गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११ औं महाधिबेशनबाट आफ्नो कार्यसमितिको आधिकारिकताको माग गर्दै आरके शर्मा समुह सर्वोच्च अदालत पुगेको छ ।

सोमबार नै पेस गरेको रिट निवेदन बुधबार सर्वोच्च प्रशासनले दर्ता गरेको हो । रिट निवेदकमा तीन जना आरके शर्मा, केशव पौडेल र ठाकुर प्रसाद ढुंगाना रहेका छन् ।

गत अक्टोबरमा सम्पन्न ११ औँ महाधिवेशनबाट आफूहरु निर्वाचित भएको जिकीर गर्दै उनीहरुले दायर गरेको रिटमा डा. बद्री केसीको कार्यसमिति आधिकारिक नभएको उल्लेख गरेका छन् ।

सर्वोच्च अदालतका न्यायधिशद्धय तिलकप्रसाद श्रेष्ठ र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले गत साउन २२ गते संघका महाधिवेशनहरु स्वायत्त हुने भन्दै नियमित काम गर्नका लागि डा.केसी समुहले परराष्ट्र मन्त्रालय विरुद्ध हालेको मुद्धामा नियमित कार्य नरोक्न आदेश दिएपछि डा. केसीको नेतृत्वमा रहेको कार्यसमिति काममा फर्किएको थियो ।

डा. केसीले गैरआवासीय नेपाली संघ विधि र बिधान अनुसार चल्ने जनाउँदै सोही अनुसार असन्तुष्ट रहेका साथीहरुलाई समेत छलफल गरेर आफु अघि बढ्ने बताइरहँदा अर्को समुहले मुद्धा दर्ता गरेपछि एनआरएनएबृतमा फेरि तरङ मच्चिएको छ ।

डा. केसीले गैरआवासीय नेपाली संघ विधि र बिधान अनुसार चल्ने जनाउँदै सोही अनुसार असन्तुष्ट रहेका साथीहरुलाई समेत छलफल गरेर आफु अघि बढ्ने बताइरहँदा अर्को समुहले मुद्धा दर्ता गरेपछि एनआरएनएबृतमा फेरि तरङ मच्चिएको छ ।

गैरआवासीय नेपाली संघको ११ औं महाधिवेशसनबाट निर्वाचित अन्तर्राष्ट्रिय परिषदको तर्फबाट संघका सहकोषाध्यक्ष कृष्णप्रसाद तिमिल्सिना, रोजिना राई, टिका गुरुङ समेत चार जनाले सर्वोच्चमा रिट दायर गरेका थिए । उक्त रिटमाथि सुनुवाई गर्दै सर्वोच्चको पछिल्लो फैसलाले एनआरएनएको सचिवालयलाई चैत २८ मा परराष्ट्रले काम कारबाही नगर्न भनेर गरेको पत्राचारलाई बदर गरेको थियो ।

यता आरके शर्मा समुहले दर्ता गराएको निवेदनमा भनिएको छ–‘प्रस्तुत निवेदनलाई पूर्ण इजलासमा पठाइ गैरआवासीय नेपाली संघको विवादको स्थायी समाधानका लागि ११ औँ महाधिवेशनबाट विधिवत् रुपमा निर्वाचित हामी निवेदकहरूलाई काम गर्न दिनु दिलाउनु भनी प्रत्यर्थी परराष्ट्र मन्त्रालय र प्रत्यर्थी गैरआवासीय नेपाली संघको कार्यालयका नाममा परमादेशको आदेश जारी गरी पाउँ ।’ साथै निवेदनको अन्तिम किनारा नलागेसम्म आफूलाई अध्यक्षको हैसियतमा काम कारबाही गर्न दिन अन्तरिम आदेशको पनि माग शर्माले गरेका छन् ।

गत अक्टोबरमा सम्पन्न निर्वाचनमा बद्री केसी अध्यक्ष पदमा निर्वाचित भएका थिए । तर, त्यतिबेला अध्यक्षका प्रत्याशीहरू शर्मा र महेश श्रेष्ठले धाँधली भएको भन्दै निर्वाचन परिणाम अस्वीकार गर्दै आएका थिए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *