एसिड आक्रमण पीडितहरुको न्यायको लागि प्रतिवद्ध छौं : सभापति लामिछाने

news-details

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले एसिडको प्रहार भएर उपचार पाउने जटिलता अझै पनि कायम रहेको बताएका छन् ।

मंगलबार चौथो एसिड आक्रमढण विरुद्धको अभियान दिवसका रुपमा केही पीडित र सरोकारवाला निकायसँग छलफल गर्दै सभापति लामिछानेले कानूनी उपचारको सुनिश्चितता गर्नकै लागि रास्वपाले एसिड पीडित बिन्दबासिनी कंसाकारलाई सांसद बनाएको बताएका हुन् ।

उनले भने, ‘संसारका संसदहरुमा के छ थाहा छैन, तर संसारकै पहिलो दुर्लभ प्रतिनिधिसभाको सांसदको रुपमा रास्वपाको प्रतिनिधित्व गर्दै बिन्दबासिनी कंसाकार आउनु भएको छ । यो सामान्य कुरा मात्र होइन, एसिडको जलन वा पीडा अन्त्य गर्नका निम्ती कानूनी रुपमा उपचारको जटिलता अझै कायम नै छन् । तर कानूनी उपचारको सुनिश्चितता गर्न एक एसिड आक्रमणबाट पीडित स्वयम कानून बनाउने ठाउँमा पुगिसक्दा पनि जलन विधेयकलाई अगाडि बढाएर न्याय दिने काम गर्न सकेका छैनौं । यो धिक्कार हुन्छ हामी सबैको लागि ।’

साथै उनले देशले नै गर्व गर्ने ठाउँमा पुग्नका लगि धेरै काम गर्नुपर्ने बताए । उनले एसिड पीडितहरुलाई न्याय दिनको लागि नै जलन विधेयक दर्ता गरेको समेत बताए ।

उनले एसिड पीडितको न्यायको लागि आफू प्रतिवद्ध रहेको बताए । उनले भने, ‘केही समय धैर्यतापूर्वक साथमा रहनुहोला । एसिड पीडितले अनुभव गरेका तिता इतिहासहरुलाई भोलिका दिनमा कसैले गर्न नपाउन भन्नकै लागि जलनबाट पीडा भोक्नु परेका सबैको हक र अधिकार दिलाउनको लागि हामी लडिरहेका छौं । र एसिड पीडितको न्यायको लागि प्रतिवद्ध छौं ।’

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *