तीनवटा भारतीय कारसहित चालकहरु प्रहरी नियन्त्रणमा

news-details

जिल्ला प्रहरी कार्यालय झापा र ईलाका प्रहरी कार्यालय काँकरभिट्टाको टोलीले तीनवटा कारसहित तीनजना भारतीय नागरिक पक्राउ परेका छन् । भारतबाट अवैध रुपमा नेपालतर्फ सामान ल्याउँदैगर्दा उनीहरु पक्राउ परेका हुन् ।

भारतबाट नेपालतर्फ आउँदै गरेको डब्लु बी ४ एन ६८७८, डब्लु बी ७४ पि ७७९९ र डब्लु बी ७४ एन ८४६२ नम्बरको कारबाट भन्सार छली गरी नेपालतर्फ ल्याउँदै गरेको अन्दाजी ३ लाख ९९ हजार एकस मुल्य बराबरको कपडा बरामद गरेको जनाएको छ ।

बरामद कपडामा पुरुषको टाउजर ११० पिस, लेडिज टाउजर ४२ पिस, रुमाल १ हजार २५० पिस, लेडिज सर्ट २२ पिस, कुर्था ३२ पिस, भेष्ट ५३ पिस, लेडिज ब्रा ५२८ पिस, लेडिज भेष्ट १८ पिस, कुर्थी १० पिस र लेडिज सर्ट १७ पिस रहेका छन् । प्रहरीले बरामद गरेको कारको मूल्य अन्दाजी २४ लाख मुल्यांकन गरेको छ । कारसहित कपडाको मुल्य २९ लाख ५० हजार १०० रहेको जनाएको छ ।

पक्राउ पर्नेहरुमा भारतीय कार चालक भारतको पानीट्यांकी बस्ने राम दयाल बर्मन, सोही स्थानको अमित राय र राजकुमार घोष रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता कृष्णकुमार चन्दले जानकारी दिए ।

पक्राउ परेको कारसहित भारतीय नागकिरलाई आवश्यक कारवाहीका लागि मेची भन्सार कार्यालय काँकडभिट्टा पठाइएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *