गृहमन्त्री लेखक र विश्व बैंक पदाधिकारीबिच भेटवार्ता

news-details

गृहमन्त्री रमेश लेखक र नेपालका लागि विश्व बैंकको राष्ट्रिय निर्देशक डेभिड सिस्लेनबीच भेटवार्ता भएको छ ।

गृहमन्त्रीको कार्यकक्षमा शुक्रबार भएको भेटमा गृहमन्त्री लेखक र नेपालका लागि विश्व बैंकको राष्ट्रिय निर्देशक सिस्लेनसहितका पदाधिकारीबिच भेटवार्ता भएको हो ।

उनीहरुबीच विश्व बैंकले नेपालको विभिन्न परियोजनामा गरेको लगानीबारे छलफल भएको थियो ।

२०७२ को भूकम्पपछिको पुननिर्माणमा विश्व बैंकको ऋण तथा प्राविधिक सहयोगले समयमै पुनर्निर्माण गर्ने कुरामा सहयोग पुगेको गृहमन्त्री लेखकले बताए ।

गृहमन्त्री लेखकले आफ्नोतर्फबाट गर्नुपर्ने काममा कुनै ढिलाइ नहुने प्रतिबद्धता व्यक्त गर्दै अहिलेसम्म विश्व बैंकले गरेको योगदानका लागि धन्यवाद दिएका छन् ।

विपद् व्यवस्थापनका लागि ऋण भन्दा पनि बढी अनुदान सहयोगका लागि गृहमन्त्री लेखकको जोड थियो ।

उनले भने, ‘जलवायु परिवर्तन हामीले सिर्जना गरेको होइन । त्यसबाट भएको क्षति, नोक्सानी, पुनर्निर्माणका लागि हामीले ऋण मात्र बोकेर कसरी विपद् व्यवस्थान गर्न सक्छौं ? त्यसैले अनुदानका परियोजनाहरु बढाउनुपर्यो ।’

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *