बागलुङमा बाढीले बगाउँदा दुईजनाको मृत्यु, एक जना बेपत्ता

news-details

बागलुङमा बाढीले बगाउँदा दुईजनाको मृत्यु भएको छ । बागलुङ नगरपालिका– ४ बन्द्रेमा गएराति आएको बाढीले बगाउँदा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । बाढीले बगाउँदा एक जना बेपत्ता भएका छन् ।

कुँडुलेदेखि मालिका जाँदै गरेको ध२प ८०१० नम्बरको मोटरसाइकल र ध १ प ९९९६ नम्बरका स्कुटर बगाएको हो । मोटरसाइकल र स्कुटर बगाउँदा बागलुङ –४ बान्द्रे अढाइथरका २३ वर्षीय अर्जुन सापकोटा र सोही ठाउँका २२ वर्षीय अभिषेक रेग्मीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । बाढीले बगाउँदा सोही गाउँका २० वर्षीय कमल सापकोटा बेपत्ता भएको जनाइएको छ ।

सापकोटा र रेग्मीको शव करिब दुई सय मिटर तल फेलापरेको थियो भने बेपत्ता कमलको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *