गण्डकीका नवनियुक्त चारजना मन्त्रीले लिए शपथ

news-details

गण्डकी सरकारमा नवनियुक्त नेकपा (एमाले) का चारजना मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन ।

एमालेका पद्यमा जिसी, मित्रलाल बस्याल, कृष्ण पाठक र प्रकाश केसीले मन्त्रीको शपथ लिएका हुन । उनीहरूलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले शपथ गराएका हुन ।

एमालेका जिसीले कृषि, भुमि व्यवस्था तथा सहकारी मन्त्रालय, बस्यालले उद्योग तथा पर्यटन, पाठकले स्वास्थ्य र केसीले भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय पाएका छन ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *