उड्डयन क्षेत्र बलियो र विश्वसनीय भए मात्र पर्यटनको विकास हुन्छ : मन्त्री पाण्डे

news-details

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले, नागरिक उड्डयनको क्षेत्र बलियो र विश्वसनीय भए मात्र पर्यटन क्षेत्रको अभिवृद्धि र गुणात्मक विकास गर्न सकिने बताएका छन् ।

सोमबार काठमाडौंमा आयोजित ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)को ४६ औं वार्षिकोत्सव सामारोह एवम साधारणसभालाई सम्बोधन गर्दै उनले संस्कृति र प्रकृतिको महत्वलाई सँगसँगै एकीकृत ढंगले व्याख्या गर्नसक्यो भने मात्र देश विदेशमा पर्यटन प्रवद्र्धन सम्भव रहेको बताए ।

उनले भने,‘संस्कृति र प्रकृतिको महत्वलाई सँगसँगै एकीकृत ढंगले व्याख्या गर्न सक्यौं भने वा परिभाषित गर्न सक्यौ भने वा बुझ्न बुझाउन सक्यौं भने मात्र देश विदेशमा पर्यटन प्रवद्र्धन सम्भव छ । नागरिक उड्डयन क्षेत्र बलियो, विश्वसनीय र सुनिश्चितता हुनुपर्छ । किनकी पर्यटनका निम्ति आउने मान्छे कम समय, लागतमा बढि भन्दा बढि परिस्कृत र संस्कृतिको लाभ लिन चाहन्छन् । त्यसैले सस्कृति पर्यटनलाई अभिवृद्धि र गुणात्मक विकास गर्नका लागि नागरिक उड्डयनको क्षेत्र सबैभन्दा बलियो हुनुपर्छ ।’

मन्त्री पाण्डेले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय केवल सरकारको मन्त्रालय मात्र नभइ निजी क्षेत्रको पनि भएको बताए । पर्यटन मन्त्रालयको भूमिका, कार्यक्षत्रको दृष्टिकोणले सरकारले मात्र मन्त्रालय चलाउन असम्भव रहेको भन्दै निजी क्षेत्रले अग्रसरताकासाथ मन्त्रालय मेरो पनि हो भन्ने भावना नराख्ने हो भने चल्न नसक्ने उनको भनाई छ ।

उनले भने,‘संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय केवल सरकारको मन्त्रालय होइन । निजी क्षेत्रको पनि मन्त्रालय हो । किनकी यसको भूमिका,कार्यक्षत्रको दृष्टिकोणले सरकारले मात्र मन्त्रालय चलाउँछु भनेर सोच्यो भने असम्भव छ । निजी क्षेत्रले बढी अग्रसरताकासाथ मन्त्रालय मेरो पनि हो भन्ने भावना नराख्ने हो भने हाम्रो मन्त्रालय चल्दैन् । र पर्यटन क्षेत्रको विकास हुँदैन् ।’

पाण्डेले पर्यटनसँग असहज भएका सबै ऐन, कानून, नीति नियम संशोधन गरिने बताए । यसका लागि पर्यटन मन्त्रालयले आवश्य कार्य प्रक्रिया अगाडि बढाइसकेको जानकारी गराए ।

टानको ४६ वार्षिकोत्सवसँगै सोमबार आगामी दुई वर्षको लागि नयाँ कार्यसमितिसमेत चयन हुँदै छ । पर्यटन व्यवसायी राजेन्द्रप्रसाद सापकोटा र सागर पाण्डेले समूह बनाएर नै चुनावी प्रतिस्पर्धामा छन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *