गण्डकीमा एमालेले टुंग्यायो ४ मन्त्रीको नाम, आजै शपथको तयारी

news-details

गण्डकी प्रदेशमा एमाले सरकारमा जाने तयारीमा रहेको छ ।

कांग्रेसका सुरेन्द्रराज पाण्डेको नेतृत्वमा रहेको सरकारमा अहिलेसम्म भागबण्डा नमिल्दा एमाले सरकारमा गएको थिएन । तर अब मुख्यमन्त्री पाण्डेले मन्त्रालय फुटाएर ७ बाट ९ बनाएपछि एमाले अब सरकारमा जाने भएको हो ।

एमालेले गण्डकी सरकारमा ४ मन्त्री पठाउने भएको छ । एमालेले नवलपुरकी पद्मा जिसी, बागलुङका कृष्ण पाठक, कास्कीका प्रकाश केसी र पर्वतका मित्रलाल बस्याललाई सरकारमा पठाउँदै छ ।

आजै एमालेका मन्त्रीहरुले शपथ लिने तयारी गरिएको प्रदेश प्रमुख कार्यालयले जनाएको छ ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *