गोकर्णेश्वरमा दिवंगत बुबाप्रति श्रद्धा प्रकट गर्नेको घुइँचो (फोटो फिचर)

news-details

आज भाद्र कृष्ण औंसी, कुशे औंसी पर्व अर्थात बुवाको मुख हेर्ने दिन । बुबाप्रति सम्मान प्रकट गर्दै पर्व मनाइँदैछ । त्यस्तै आजकै दिन घरघरमा पवित्र कुश पनि भित्र्याइन्छ ।

आजको विशेष दिनमा काठमाडौंको गोकर्णमा मेला लाग्ने गर्छ । उत्तरगया भनेर चिनिने काठमाडौंको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिर परिसरमा कुशे औंशी तथा बुवाको मुख हेर्ने दिनमा विशेष मेला लागेको छ ।

यसैले आजको औंशीलाई गोकर्णे औंशीका नामले पनि चिनिन्छ । आज गोकर्णेश्वर महादेव मन्दिर परिसरमा दिवङ्गत बुवाको नाममा तर्पण, पिण्डदान तथा सिदादान गर्नेको भीड लागेको छ ।

‘पितृदेवो भव’ भन्ने धार्मिक मान्यताअनुरूप यस दिन छोराछोरीले आफ्ना बुवालाई श्रद्धापूर्वक रुचिअनुसारको खाना खुवाई आशीर्वाद प्राप्त गरेमा सुख मिल्छ । बुवा परलोक भइसकेकाले गोकर्ण अथवा अन्य तीर्थस्थलमा गई तर्पण तथा सिदादान गरेमा पुण्य मिल्नाका साथै आफ्नो कुल स्थिर हुने बुद्धोक्त पाराजिकाय नामक धर्मग्रन्थमा उल्लेख छ ।

आजको दिन थोरै दान गरेपनि हजारौँ गुणा बढी फल पाइने भएकाले पुण्य पर्व पनि भनिन्छ । दान कुपात्रमा परे दिने र लिने दुवै नरक जाने शास्त्रीय भनाइ छ । दान दिएपनि संकल्प गरेर दिने दान सुपात्रमै दिइनुपर्छ भन्ने शास्त्रीय मान्यता छ । 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *