जलमग्न काठमाडौं उपत्यका (फोटो फिचर)

news-details

शुक्रबार रातिदेखि जारी अविरल बर्षाका कारण काठमाडौं उपत्यकाका विभिन्न स्थानहरु जलमग्न भएका छन् । ललितपुरको युएन पार्क क्षेत्रको सडक डुबानमा छ भने वागमती नदी किनारका सुकुम्बासी बस्तीमा बाढी पसेको छ । जसका कारण सर्वसाधारणको विचल्ली भएको छ ।

त्यस्तै भक्तपुरको मनोहरा किनार, ललितपुर र काठमाडौंको बागमती किनारमा सबैभन्दा धेरै बाढीको असर देखिएको छ । बागमती करिडोरबाट आवतजावत गर्न कठिनाइ भएको छ । विशेषगरी नदी किनारमा रहेका सुकुम्बासीको घरटहराहरु डुबानमा छन् ।

बल्खुस्थित तरकारी बजारपनि बाढीको चपेटामा छ । शनिबार दिनभर उपत्यका बर्षाका कारण प्रभावित भएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *