पहिरोले बीपी राजमार्ग अवरुद्ध

news-details

काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका ८, ९, ११ र १२ मा लेदो सहितको पहिरो जाँदा बीपी राजमार्ग अवरुद्ध भएको छ। गएरातिदेखिको पानीका कारण पहिरो जाँदा राजमार्ग अवरुद्ध भएको हो।

स्थानीय निकायसँगको समन्वयमा अहिले पहिरो खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ। यस्तै पहिरोले पाल्पाको सिद्धार्थ राजमार्गका झण्डै सात ठाउँमा पहिरो खसेको छ, जसमध्ये २ ठाउँको पहिरो भने हटाइएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी तथा डीएसपी सुगन्ध श्रेष्ठले जानकारी दिए।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *