राष्ट्रियसभाबाट आगामी आर्थिक वर्षको बजेट सर्वसम्मतिले पारित

news-details

राष्ट्रियसभाबाट आगामी आर्थिक वर्षको बजेट पारित भएको छ ।

शुक्रवार बसेको राष्ट्रियसभा बैठकमा अर्थमन्त्री वर्षमान पुनले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक २०८१ (आगामी आर्थिक वर्षको बजेट) पारित गरियोस् भनी राखेको प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो ।

सभामा अध्यक्ष नारायणप्रसाद दाहालले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक २०८१ पारित गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले पारित भएको घोषणा गरे । उनले भने, ‘प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक, २०८१ पारित गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले पारित भएको घोषणा गर्दछु ।’ सरकारले गत जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट संसदमा पेस गरेको थियो ।

यसअघि प्रतिनिधि सभाबाट बजेट बहुमतले पारित गरेको थियो। प्रतिनिधि सभाले बहुमतले पारित गरेको विनियोजन विधेयक सुझावसहित राष्ट्रिय सभामा पठाइएको थियो।

यसबीचमा सत्ता समीकरण फेरबदल भएको छ। बदलिँदो राजनीतिक परिस्थितिबीच बजेट सर्वसम्मतिले पारित गरेको हो।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *