३० दिनभित्र विश्वासको मत लिने प्रधानमन्त्रीको तयारी

news-details

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संवैधानिक कानुनी व्यवस्था अनुसार ३० दिनभित्र विश्वासको मत लिने भएका छन् ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकमा कानुनी प्रावधानअनुसार प्रधानमन्त्रीले संसदबाट विश्वासको मत लिने जानकारी गराएको सरकारकी प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिईन् ।

उनले भनिन्,‘सरकारले राजीनामा पनि गर्देन् । ३० दिन पनि काट्दैन् । हाम्रो संवैधानिक कानुनी व्यवस्था अनुरुप संसदमा म विश्वासको मतको सामना गर्छु भन्नुभएको छ । कुन दिन गर्ने भन्ने निर्णय भैसकेको छैन् । तर सकेसम्म विश्वासको मत फेस गछौं । राजीनामा दिने भन्ने छैन् ।’

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *