गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामा न्यायाधीशको राय बाझियो

news-details

गृहमन्त्री रवि लामिछानेविरुद्धको मुद्दामा सर्वोच्च अदालतका दुई न्यायाधीशको राय बाझिएको छ ।

सर्वोच्चका न्यायाधशद्वय सपना प्रधान मल्ल र शारङ्गा सुवेदीको इजलासमा सुनुवाइ भएको थियो। दुई सदस्यीय इजलासमा राय बाझिएकाले अब तीन वा सोभन्दा बढी न्यायाधीश सम्मिलित इजलासमा सुनुवाइ हुने सर्वोच्चका सह रजिष्टार वेदप्रसाद उप्रेतीले जानकारी दिए ।

सारंगा सुवेदीले गृहमन्त्रीले मार्गप्रशस्त गर्नुपर्ने (राजीनामा) परमादेश गरेकी छन् भने सपना मल्ल प्रधानले गृहमन्त्रीविरुद्ध निष्पक्ष अनुसन्धान हुनुपर्ने परमादेश गरेकी छन् ।

अधिवक्ता अनुपम भट्टराईले जेठ १४ गते गृहमन्त्री लामिछानेविरुद्ध सहकारी ठगी गरेको आरोप लगाउँदै रिट दायर गरेका थिए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *