सरकारलाई दिएको समर्थन फिर्ता लियो एमालेले, ८ मन्त्रीले बुझाए राजिनामा

news-details

नेकपा (एमाले) ले सरकारलाई दिएको समर्थन फिर्ता दिएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई एक पत्र लेखी राष्ट्रिय सरकार गठन गरी राजनीतिक स्थायित्व दिने उद्देश्यले नयाँ सरकार गठनको पहल गरिएको भन्दै सरकारलाई दिएको समर्थन फिर्ता लिएको बताएका छन् ।

प्रधानमन्त्रीले राजीनामा नदिने अडान लिएपछि एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो ।

यसैबीच ओलीले एमालेबाट सरकारमा सहभागी ८ मन्त्रीलाई बालकोटस्थित निवासमा बोलाएर राजीनामा दिन भनेलगत्तै एमालेका मन्त्रीहरूले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर राजीनामा बुझाएका हुन्।

उपप्रधान तथा भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठ, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी , कृषिमन्त्री ज्वालाकुमारी साह, भूमि व्यवस्था तथा गरिबी निवारणमन्त्री बलराम अधिकारी, उद्योगमन्त्री दामोदर भण्डारी, महिलामन्त्री भगवती चौधरी, खानेपानी मन्त्री राजेन्द्र राई र रक्षामन्त्री हरिप्रसाद उप्रेतीले राजीनामा दिएका हुन ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *