प्रस्तावित निर्वाचन आयुक्त प्रधानको सुनुवाइ असार २० र २१ गते

news-details

प्रस्तावित निर्वाचन आयुक्त कृष्णमान प्रधानको संसदीय सुनुवाइको मिति तय गरेको छ ।

मंगलबार बसेको संसदीय सुनुवाइ समितिको बैठकले प्रधानमाथिको उजुरी र सुनुवाइ गर्नको लागि असार २० र २१ गतेको मिति तय गरेको हो ।

बैठकमा समितिका सभापति पशुपति शमशेर जबराले संवैधानिक परिषद्ले सिफारिस गरेका प्रस्तावित व्यक्तिमाथिको सुनुवाइ गर्ने सम्बन्धमा समितिले सचिवालयको तर्फबाट प्रस्तावित मिति परिमार्जनसहित पारित गरिएको जानकारी दिएका हुन् ।

उनले भने, ‘सचिवालयबाट तयार गरिएको प्रस्तावित कार्यतालिका परिमार्जनसहित पारित गरिएको घोषणा गर्दछु ।’

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *