प्रधानमन्त्री प्रचण्डले राजीनामा नदिने, विश्वासको मतको सामना गर्ने

news-details

काठमाडौँ । नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री पुष्पकमल दाहालले राजीनामा नदिने निर्णय गरेको छ ।

मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको माओवादी पदाधिकारीको बैठकले राजीनामा नदिई विश्वासको मतको सामना गर्ने निर्णय गरेको पार्टीका सचिव देवेन्द्र पौडेलले जानकारी दिए ।

उनले भने, ‘बैठकमा प्रधानमन्त्रीले राजीनामा नदिने विश्वासको मतको रुपमा तयार रहने निर्णय भएको छ । किनभने एक महिना बाँकी रहन्छ, प्रतिवाद गर्ने । यो रातारात भएको सहमति कसरी भयो, किन भयो ? अब प्रधानमन्त्रीले गलेर छाड्ने कुरा भएन्, गणित देखाउने हो । संसदमा पेश गर्ने र विश्वासको मत लिने गरेर अगाडि बढ्ने कुरामा प्रधानमन्त्रीले धारणा बनाउनु भएको छ । पार्टीको तर्फबाट पनि सबैको एकमत रहेको छ । विश्वासको मतको सामना गर्ने र विभिन्न पक्षहरुसँग कुराकानी गर्ने र अगाडि बढ्ने कुरा भएको छ ।’

एमालेका अध्यक्ष ओलीसँगको भेटमा एक खालको कुरा भएको तर राति नै गएर सहमति गर्नु भनेको षड्यन्त्र भएको उनको भनाइ छ । सहमतिको प्रतिवाद गर्ने निर्णय गरेको पनि उनले बताए ।

उनले भने, ‘प्रधानमन्त्रीसँग एमालेका अध्यक्षले हिजो कुरा भएको थियो । जस्ताको त्यस्तै भनिदिएको भए हुन्थ्यो । तर उहाँले केही पनि भएको छैन् भन्दै आउनुभयो । हामीले मिलेर जाने भनेर भन्दै आएको अवस्थामा राति जुन प्रकारको सहमति भयो त्यसले एकप्रकारको राजनीतिमा अस्थिरता आएको छ । यो षड्यन्त्र हो । यसको प्रतिवाद गर्ने भन्ने विषयमा छलफल भएको छ ।’

दुई दल बसेर गरेको सहमतिमा अन्य पार्टीको धारणा नभएको भन्दै यसलाई राष्ट्रिय सहमति भन्न नमिल्ने पनि उनको भनाई छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *