रास्वपा नयाँ सरकारमा नजाने, मन्त्रीहरुलाई फिर्ता बोलाउने

news-details

राष्ट्रिय स्वतन्त्र पार्टीले नयाँ गठबन्धनमा सहभागी नहुने निर्णय गरेको छ ।

मंगलबार बसेको रास्वपाको सचिवालय बैठकले नयाँ गठबन्धनमा सहभागी नहुने भन्दै अर्को सरकार बन्ने प्रक्रिया सुरु हुने वित्तिकै मन्त्रीहरुलाई फिर्ता बोलाउने निर्णय भएको प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिएका छन् ।

उनले भने, ‘नेपालको राजनीतिमा एकखालको अस्थिरता, चलखेलहरु भइरहन्छ । त्यो नहुनुपर्ने थियो । हामीले स्थायित्वको लागि प्रयासहरु पनि गरेका छौं । पछिल्लो समय जे भइरहेको छ त्यो देश र जनताको हकमा छ भन्ने हामीलाई लाग्दैँन् र यसले स्थायित्व दिन्छ भन्ने कुरा पनि लाग्दैँन् । यद्यपी यो घटना अगाडि बढि सकेपछि अब बन्ने गठबन्धनमा हामी सामेल हुँदैनौं । त्यो स्पष्ट छ । अर्को सरकार बन्ने प्रक्रिया सुरु हुने वित्तिकै मन्त्रीहरुलाई फिर्ता बोलाउछौ । हामी सरकारमा जादैँनौ ।’

उनले नयाँ गठबन्धन देश र जनताको हकमा नभएको र यसले स्थायित्व पनि नदिने भन्दै यसमा सहभागी नहुने निर्णय गरेको बताए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *