ओलीसँगको भेटबारे देउवाले गरे ब्रिफिङ

news-details

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको भेटबारे ब्रिफिङ गरेका छन् ।

सोमबार देउवा निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी बैठकमा उनले ओलीले बोलाएपछि आफू गएको र भेटमा सौहार्दपूर्ण वातावरणमा कुराकानी भएको भन्ने जानकारी गराएको प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले जानकारी दिए ।

उनले भने, ‘पार्टीका सभापतिले एमालेका अध्यक्षसँग भेट गर्नुभयो । त्यो विषय अहिले चर्चापनि छ । शीर्ष नेता र प्रमुख प्रतिपक्ष दलको नेताहरूबीच छलफल हुँदा सरकार परिवर्तनको विषय अनुमान लगाउनुु स्वाभाविक हो । उहाँले यती मात्र भन्नुभयो, चिया खान बोलाउनुभयो । हामी गयौं बस्यौं सौहार्दपूण वातावरणमा कुरा भयो । अहिले हाम्रो सम्बन्ध सकारात्मक र सुमधुर छ भन्नुभयो ।’

उनले बैठकमा बिआरआई कार्यान्वयनबारे पछि छलफल भएको जानकारी दिए । ऋण लिएर बिआरआई कार्यान्वयन गर्न नसक्ने कांग्रेसको धारणा रहेको पनि उनको भनाई छ ।

उनले भने, ‘अहिले नेपाल सरकारले मन्त्रि परिषद्मा पनि छलफल गरेको र चिनियाँ मन्त्री नेपाल आँउने नेपालको मन्त्री चिन जाने बिआरआईको बारेमा बढी चर्चा हुनेबारे नेपाली कांग्रेसको धारणा यसलाई अनुदानको रुपमा दिइनेखालको सहयोगलाई कांग्रेसले स्वीकार गर्दछ । यो कुरा नेपाली कांग्रेसले अहिले ऋणको कुरा चाँही लिनका लागि सक्षम छैन् । ’

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *