एकीकृत समाजवादीको महाधिवेशनको बन्दसत्र सुरु

news-details

नेकपा (एकीकृत समाजवादी) पार्टीको १० औं राष्ट्रिय महाधिवेशनको बन्दसत्र सुरु भएको छ ।

काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा सुरु भएको बन्दसत्रमा राजनीतिक प्रतिवेदन, समाजवादी कार्यक्रम, विधान संशोधन प्रस्ताव र सांगठनिक प्रतिवेदनमा छलफल हुने बताइएको छ । दस्ताबेज पारित भएपछि नयाँ नेतृत्व चयन प्रक्रिया सुरु हुनेछ ।

नेकपा एमालेबाट अलग्गिएपछि एकीकृत समाजवादीले पहिलोपटक महाधिवेशन गरेको हो । यो महाधिवेशनले २१ पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गर्नेछ । महाधिवेशन आइतवारबाट प्रज्ञा प्रतिष्ठानमा सुरु भएको हो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *