एमालेले एकीकृत समाजवादीको महाधिवेशन उदघाटन वहिष्कार गर्नुको रहस्य !

news-details

काठमाडौं । काठमाडौंमा आइतबारबाट सुरु भएको नेकपा एकीकृत समाजवादीको १०औं राष्ट्रिय महाधिवेशनको उदघाटन सत्रमा नेकपा एमालेका नेताहरु अनुपस्थित भएका छन् ।

कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, रास्वपा सभापति रवि लामिछानेसहित अधिकांश दलका शीर्ष नेताहरु सहभागी भएपनि एमालेका नेताहरु कार्यक्रममा देखिएनन् ।

कार्यक्रममा डा.सिके राउत, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रन्जिता श्रेष्ठ, नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव, जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव, जसपा अध्यक्ष अशोक राईलगायत उपस्थित भए ।

तर एमालेबाट अलग भएर तीन वर्षपछि गरिएको राष्ट्रिय महाधिवेशनको उदघाटन सत्रको कार्यक्रममा एमालेका नेताहरु नगएका हुन् । तर एसले एमालेलाई पनि निम्ता गरेको भएपनि उनीहरु कोहीपनि उपस्थित नभएको नेताहरुले बताए ।
एकीकतृ समाजवादीका अध्यक्ष नेपाल र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच पार्टी विभाजनपछि सम्बन्ध तिक्ततापूर्ण रहेको छ । पार्टी विभाजनपछिको तिक्तता तोड्दै २०८० फागुन २१ गते प्रचण्ड नेतृत्वको सत्ता गठबन्धनमा जोडिएका एमाले अध्यक्ष ओली र समाजवादी अध्यक्ष माधवकुमार नेपालबीच अझै सम्बन्ध नसुध्रिएको हो ।

एकीकृत समाजवादीको महाधिवेशन सामूहिक रुपमा बहिष्कार गरेको एमालेले कृषि तथा पशुपन्छी बिभागको कार्यक्रम राखेको छ । नीति सम्वाद नाम दिएको सो कार्यक्रममा एमालेका सबैजसो नेताहरु उपस्थित छन् । नेकपा एसले आफ्नो १० औं महाधिवेशन भनेर कार्यक्रम गरेपछि एमालेले त्यसमा आपत्ति जनाएको छ ।

गत वैशाख १० गते एमालेले पार्टी स्थापनाको ७५ वर्षको अवसरमा आयोजित हीरक महोत्सव आयोजना गर्दा अध्यक्ष नेपालले पनि बहिष्कार गरिदिएका थिए । ललितपुरको गोदावरीस्थित सनराइज हलमा आयोजित महोत्सवमा नेपाल अनुपस्थित थिए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *