पूर्वगृहमन्त्री बादलका छोरा प्रतीकलाई आइतबार अदालतमा पेस गरिने

news-details

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पर्नुभएका प्रतीक थापालाई आइतबार अदालतमा पेश गरिने भएको छ ।

पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक प्रहरीले आज काठमाडौंको बौद्धबाट पक्राउ गरेको हो । भोलि शनिबार सार्वजनिक बिदा भएकाले आइतबार उनलाई काठमाडौं जिल्ला अदालतमा पेस गरिने काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेका प्रतिक अदालतबाट पक्राउ पुर्जी जारी भएको झण्डै १४ महिनामा शुक्रबार पक्राउ परेका हुन ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *