प्रतिनिधिसभा बैठक बस्दै, दुईवटा विधेयक पारित गर्ने तयारी
- असार १४, २०८१
- 0
![news-details](https://rojgarmanch.com/wp-content/uploads/2024/06/Parliyament-2081.jpeg)
संघीय संसद अन्तर्गतको प्रतिनिधिसभाको बैठक आज(शुक्रबार) ११ बजे बस्दैछ । बैठकमा ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले ‘जलस्रोत विधेयक, २०८१’ प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रियसभामा उत्पत्ति भएको ‘राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहितको संवैधानिक परिषद् सम्बन्धी पहिलो संशोधन विधेयक, २०७९’ छलफलका लागि पेस गर्नेछन् ।
उक्त विधेयकमाथिको छलफलपछि आजै पारितका लागि प्रस्ताव गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।