नेपाल आइडलका टाइटल विजेता परियारलाई प्रधानन्त्रीले दिए गितार उपहार

news-details

नेपाल आइडल सिजन पाँचका विजेता करण परियारलाई प्रधानमन्त्री पुष्पकमल दाहालले बधाई तथा उपहार दिएका छन् ।

बुधबार बिहान परियारलाई प्रधानमन्त्री निवास बालुवाटार बोलाएर दाहालले बधाई दिँदै गितार उपहार दिएका हुन् ।

यस्तै, उक्त भेटमा प्रधानमन्त्री दाहालले खेल र सङ्गीतका मुख्य मुख्य कार्यक्रमहरु आफूले हेर्ने गरेको उल्लेख मात्र गरेनन् उनले युवा पुस्ताका हरेक सुखदुखमा आफू साथ रहने समेत बताए ।

प्रधानमन्त्रीले विजेता परियारको साङ्गीतिक क्षेत्रमा निकै राम्रो सम्भावना उल्लेख गर्दै निरन्तर साधनामार्फत् देशको प्रतिष्ठा बढाउन मेहेनत गर्ने विश्वास व्यक्त गरेको दाहाल सचिवालयले जनाएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *