बि एण्ड बि अस्पतालमा रोटरी क्लवद्धारा हस्तान्तरित मेशिनबाट बरिष्ठ शास्त्रीय गायक गुरुदेव कामतको डायलासिस सुरु

news-details

पछिल्लो समय मृगौला विरामीको संख्या बढिरहेको छ, मधुमेह, उच्च रक्तचाप, तनाव, गतिहिन जीवनशैली आदिका कारणले मृगौलामा समस्या हुने तथा मृगौला फेल हुने स्वास्थ्य समस्या देखिने विज्ञहरु बताउँछन् ।

यसै विच बरिष्ठ शास्त्रीय गायक तथा गुरुकुल संगीत पाठशालाका संचालक गुरुदेव कामतको विगत केहि समय देखि दुवै मृगौलामा समस्या देखिएको छ । विगत केहि महिना देखि मृगौलामा समस्या देखि पछि उनले वीर अस्पताल, हिमाल अस्पताल लगायत विभिन्न अस्पतालहरुमा आफ्नो स्वास्थ्य परीक्षण गर्ने क्रममा चिकित्सकहरुले उनलाई मृगौला प्रत्यारोपण गर्नु पर्ने सुझाव दिएका थिए ।

चर्चित गायिका तथा संगीतकार बबिना भट्टराई आफ्नो सांगितिक यात्राका सुरुवाती गुरुको स्वास्थ्य समस्याबाट चिन्तित रहेकी थिइन् । रोटरी क्लव अफ राजधानीले ग्वार्को स्थित बि एण्ड बि अस्पतालाई ६ वटा डायलासिस मेशिन हस्तान्तरण गरेको समाचार पढे पछि उनले आफ्ना संगीत गुरु गुरुदेव कामतको स्वास्थ्य अवस्थाबारे रोटरी क्लव अफ राजधानीलाई जानकारी गराएकी थिइन् । उनीबाट जानकारी प्राप्त गरे पछि नेपाली शास्त्रीय संगीतका एक धरोहर समेत रहेका कामतको उपचारको लागि रोटरी क्लव अफ राजधानी तथा रोट्रयाक्ट क्लव अफ राजधानी कि रोट्रयाक्टर अदिति पौडेल समेतको संलग्नतामा बि एण्ड बि अस्पतालका बरिष्ठ नेफ्रोलोजी तथा मृगौला प्रत्यारोपण विशेषज्ञ प्रा. डा. शैलेन्द्र श्रेष्ठ संग परामर्श गरि परीक्षण गरिएको थियो । प्रा.डा. श्रेष्ठले परीक्षण पश्चात तत्काल मृगौला प्रत्यारोपण गर्नु पर्ने तथा प्रत्यारोपण तत्काल सम्भव नभए तत्कालै डायलासिस सुरु गर्ने पर्ने बताएका थिए ।

रोटरी क्लव अफ राजधानीको सिफारिस पछि बरिष्ठ नेफ्रोलोजी तथा मृगौला प्रत्यारोपण विशेषज्ञ प्रा. डा. शैलेन्द्र श्रेष्ठले डायलासिस अगाडि गर्नु पर्ने सामान्य शल्यक्रिया पश्चात बि एण्ड बि अस्पतालमा बरिष्ठ शास्त्रीय संगीतज्ञ तथा संगीत गुरु गुरुदेव कामतको निःशुल्क डायलासिस सुरु भएको छ । रोटरी क्लव अफ राजधानीको सिफारिसको आधारमा सम्पूर्ण डायलासिस सेवा, डायलासिस अगाडी गर्नु पर्ने शल्यक्रिया, डायलासिसको लागि आवश्यक पर्ने औषधी लगायतका समाग्री निःशुल्क रहेको छ । नेपाली शास्त्रीय संगीतका मुर्धन्य व्यक्तित्वलाई क्लवको सिफारिसबाट निःशुल्क उपचार गर्न पाएकोमा रोटरी क्लव अफ राजधानीका अध्यक्ष के।पी। उपाध्यायले खुसी व्यक्त गर्दै कामतको शिघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

त्यसै गरि गुरुदेव कामतको उपचारको क्रममा अस्पताल संग समन्वयकारी भूमिका निर्वाह गरेका रोटरी क्लव अफ राजधानीका पूर्व अध्यक्ष तथा बि एण्ड बि अस्पताल डायलासिस मेशिन हस्तान्तरण परियोजनाका पहिलो सम्पर्क व्यक्ति प्रदिप कुमार श्रेष्ठले गुरुदेव कामतको शिघ्र स्वास्थ्यलाभको कामना गर्दै बि. एण्ड बि. अस्पताल र रोटरी क्लव अफ राजधानीको सहकार्यमा संचालित डायलासिस मेशिनबाट प्राप्त सेवाले कामत चाडै आफ्नो नियमित संगीत कर्ममा फर्कने विश्वास व्यक्त गरे ।

रोटरी क्लव अफ राजधानीकका पूर्व अध्यक्ष तथा एआरआरएफसी एम।के। झाले ‘रोटरी क्लब अफ रायपुर रोयल इन्टरनेशनल पाटर्नर र इन्जिनियर सुरेन्द्र माथेमाको डाइरेक्ट गिफ्ट प्राप्त भई रोटरी फाउण्डेशनको सहयोगमा ग्लोबल ग्रान्ड प्राप्त गरि बि। एण्ड बि अस्पताललाई ६ वटा अत्याधुनिक डायलासिस मेशिन हस्तान्तरण गरिएको र उक्त डायलासिस मेशिन मार्फत गुरुदेव कामत जस्ता धेरैले लाभ लिन सकुन् भन्ने विश्वास लिएको बताए ।

रोटरी क्लव अफ राजधानीका जनसम्पर्क समिति अध्यक्ष उत्तम बाबु भट्टराईले सिरहा जिल्लाको पोखरभिट्टामा जन्मिई आफ्नो जीवनको उर्जाशिल समय नेपाली शास्त्रीय संगीत प्रति समर्पित गरेका, वि.स. २०५१ सालमा रेडियो नेपालको संगीत प्रतियोगितामा गायनमा प्रथम भएका र गुरुकुल संगीत पाठशाला संचालन गरि बबिना भट्टराई लगायत नेपाली गीत संगीत क्षेत्रका हालका चर्चित गायक गायिकाहरुका संगीत गुरु रहेका गुरुदेव कामतको रोटरी क्लव अफ राजधानीले हस्तान्तरण गरेको डायलासिस मेशिनबाट प्राप्त सेवाले कामतको स्वास्थ्यमा महत्वपूर्ण सुधार हुने विश्वास व्यक्त गर्दै भोलिको दिनमा मृगौला प्रत्यारोपण गर्नु पर्ने अवस्थामा समेत क्लवको तर्फबाट आवश्यक सहयोग गर्न पहल गरिने बताए । रोटरी क्लब अफ राजधानीले ग्लोबल ग्रान्ड अन्र्तगत प्रदान गरेको ६ वटा डायलासिस मेशिनले दैनिक १८ जना विरामीको डायलासिस हुने गरेको तथा उक्त मेशिनहरुको लागत ५४,६०० अमेरिकी डलर (करिव ७५ लाख रुपैया) बराबरको रहेको पनि उनले जानकारी दिए ।

यसै गरि रोटरी क्लव अफ राजधानीबाट प्राप्त डायलासिस मेशिनबाट डायलासिस गरिरहेका अन्य विरामीहरुले अस्पतालको सेवाको प्रशंसा गरेका छन् । ‘डायलासिसका लागि विभिन्न अस्पतालमा समय लिन कोशिष गर्दापनि समय नपाएको र आफूलाई तत्कालै डायलासिस गर्नुपर्ने र तत्कालै डायलासिस नगरे जे पनि हुने डाक्टरले बताएको अवस्थामा बि एण्ड बि अस्पतालमा डायलासिसको व्यवस्था भएकोमा अत्यन्तै खुसी छु, मैले नवजीवन पाएको छु’ एक विरामीले डायलासिसको लागि खाएको हण्डर सम्झदै भने ।

अस्पतालका संस्थापक डा. जगदिश बैद्य एवं डा. अशोक बास्कोटाले जीवन बचाउने उपकरण प्राप्त भएकोमा रोटरी क्लव अफ राजधानीलाई धन्यवाद व्यक्त गरे । उनले भने – ‘देशै भरबाट आर्थिक रुपमा विपन्न विरामीहरु यस हस्पिटलमा आउने गरेका छन् । यस मेशिनले डायलासि गर्नुपर्ने विरामीहरुले निःशुल्क रुपमा लाभ लिने छन् ।’

करिब ४० वर्ष अगाडी स्थापना भएको बि एण्ड अस्पताल ३०० बेड क्षमतामा २६ वटा डिपार्टमेन्टमा सञ्चालनरत रहेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *