‘वान पर्पोज’ संस्थाद्धारा धुस्कुनबासीलाई न्यानो कपडा वितरण
- माघ १५, २०८०
- 0
नेपालका प्रतिष्ठित व्यक्तित्वहरुको साझा संस्था ‘वान पर्पोज’ले सिन्धुपाल्चोक जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिका वडा नं ३ का धुस्कुनवासीहरुलाई न्यानो कपडा वितरण गरेको छ ।
अंग्रेजी नयाँ वर्षको सुरुवातसँगै वान पर्पोजको टोलीले जाडो मौसमलाई लक्षितगरि सय केजी भन्दा बढी न्यानो कपडा वितरण गरेर धुस्कुनका बासिन्दाहरुलाई सहयोग प्रदान गरेको हो ।
शिप्रा नीरजद्वारा स्थापित यो संस्था गैर–नाफामूलक गैर–सरकारी संस्था हो । यसको प्रमुख उद्देश्य भनेकै मानव जातिको सेवा गर्दै समुदायमा सकारात्मक परिवर्तनलाई बढावा दिनु रहेको छ । साथै समाजका दुःखी गरिब मानिसहरुका लागि यस संस्थाले गहिरो प्रभाव समेत पारिरहेको छ ।
संस्थाले चार्टर्ड एकाउन्टेन्ट, आतिथ्य उद्योगका पेशेवरहरू, चिकित्साकर्मी, सामाजिक कार्यकर्ता र सामाजिक हकहितका लागि प्रतिबद्ध निःस्वार्थ उद्यमीहरू सहित विभिन्न पृष्ठभूमिका व्यक्तिहरूलाई एकसाथ ल्याउने सामूहिक प्रयास गरेको छ । साथै संस्थामा आवद्ध यी टोलीले विभिन्न सामाजिक चुनौतिहरूलाई सम्बोधन गर्न र मानिसहरुको जीवनमा अर्थपूर्ण परिवर्तन ल्याउन सहयोग गर्ने बताएका छन् ।
संस्थाले स्थापनाकालदेखि नै दुःखी गरिबहरुलाई लत्ताकपडा वितरण, निःशुल्क पाठेघर र स्तन क्यान्सर जाँच शिविर र पिछडिएका तथा सीमान्तकृत बालबालिकालाई उनीहरूको छनौटको क्षेत्रमा आफू आत्मनिर्भर नभएसम्म शिक्षाको लागि आर्थिक सहयोग सहित विभिन्न परियोजनाहरू सफलतापूर्वक कार्यान्वयन गर्दै आएको वान पर्पोजकी संस्थापक अध्यक्ष शिप्रा नीरजले जानकारी दिईन् ।
‘वान पर्पोजमा हामी सामूहिक कार्यको परिवर्तनकारी शक्तिमा विश्वास गर्छौं । समुदायको सेवा गर्ने हाम्रो टोलीको समर्पण हामी साझा उद्देश्यका साथ आउँदा हामीले गर्न सक्ने प्रभावको प्रमाण हो ।’ उनले बताईन् ।
समाजमा भएका समस्याहरु समाधान गर्न स्थापना भएको विशुद्ध सामाजिक संस्था वान पर्पोजले समुदायलाई उनीहरूको अभियानमा सामेल हुन आमन्त्रित गरेको छ । चाहे स्वयंसेवा मार्फत, चलिरहेको परियोजनाहरूलाई समर्थन गर्न होस् या भविष्यका पहलहरूमा योगदान गर्न होस् ।