आरती साह मृत्यु प्रकरणमा मोतीबाबु पुनः पक्राउ
- पुस ९, २०८०
- 0
आरती साह मृत्यु प्रकरणमा उनका पति मोतीबाबु साह पुनः पक्राउ परेका छन् ।
सोमबार विहान ११ बजे मोतीबाबुलाई प्रहरीले जनकपुरधामको सीता चोकस्थित सगुन ग्यालेक्सी होटलबाट पक्राउ गरि जिल्ला प्रहरी कार्यालय लगिएको छ ।
सर्वोच्च अदालतले गत मंसिर २० मा आरतीका पति मोतीबाबुलाई पुनः पक्राउ गरी थुनामा पठाउन आदेश दिएको थियो ।
गत जेठ ७ गते आफ्नै घर जनकपुरधाम उपमहानगरपालिका ९ थापा चोकस्थित घरमा आरती मृत अवस्थामा फेला परेकी थिइन् । आरतीको हत्या भएको भन्दै माइती पक्षले जाहेरी दिएपछि प्रहरीले आरतीको पति मोतीबाबु र ससुरा मदनमोहन ब्याहुत सुडीलाई पक्राउ गरिएको थियो ।
जिल्ला अदालतले उनी दुबै जनालाई पुर्पक्षका लागि थुनामा पठाएको थियो । तर उच्च अदालत जनकपुरको आदेशमा उनीहरू साधारण तारिखमा रिहा भएका थिए ।
0 प्रतिक्रिया
इप्पानले रजत जयन्तीको अवसरमा २५ वर्षे यात्रा समेटिएको फोटो प्रदर्शनी आयोजना गर्ने
स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले पीजे क्लवसँगको सहकार्यमा बृहत फोटो प्रदर्शनी आयोजना गर्ने भएको छ । आगामी माघ ४ […]
यी हुन मन्त्रिपरिषद बैठकका २० निर्णय
सरकारले प्रत्येक वर्ष माघ १४ गते सम्पत्ति शुद्धीकरण निवारण राष्ट्रिय दिवस मनाउन स्वीकृति दिने निर्णय गरेको छ । बुधबार सञ्चार […]
बीमाको दायरा बढाउन जनताको विश्वास जगाउने गरी काम गर्न आवश्यक : अध्यक्ष दहाल
नेपाल बीमा प्राधिकरणका अध्यक्ष मदन दहालले बीमाप्रति जनताको विश्वास जगाउनेगरी काम गर्न सक्नु पर्ने बताएका छन् । बुधबार काठमाडौंमा आयोजित […]
नेकपा एस र वामदेवबीचको वार्ता सहमति नजिक
नेकपा एकीकृत समाजवादी र पार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमबीचको वार्ता सकारात्मक भएको छ । मंगलबार आलोकनगरमा शिर्ष नेतासँग […]
प्रतिनिधिसभाका नवनियुक्त सचिव राईले लिए सपथ
सङ्घीय संसद् प्रतिनिधिसभाका नवनियुक्त सचिव हर्कराज राईले पद तथा गोपनियताको सपथ लिएका छन् । मंगलबार कृषि, सहकारी तथा प्राकृतिक स्रोत […]