दुर्गा प्रसाईं समूहको कार्यक्रम सिफल चौरमा सर्‍यो

news-details

मेडिकल व्यवसायी तथा गणतन्त्रविरोधी अभियान्ता दुर्गा प्रसाईंको आजको आन्दोलनको कार्यक्रमस्थल परिवर्तन भएको छ । प्रसाईंले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै आज तीनकुनेमा गरिने प्रदर्शनको कार्यक्रम काठमाडौंको सिफल चौरमा सरेको जानकारी गराएका हुन् ।

‘आज तीनकुनेमा गरिने भनी तय गरीएको कार्यक्रम विषेश प्राविधिक कारणले गर्दा सिफल चौरमा सोही समयमा हुने भएकोले सम्पुर्ण नागरिकहरु लाई सिफल चौरमा उपस्थित हुनु अहुरोध गरिन्छ ! जय देश जय नागरिक !’ प्रसाईंले फेसबुकमा लेखेका छन् ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले प्रसाईंलाई तीनकुनेमा प्रदर्शन गर्न अनुमति दिएको थिएन ।

प्रसाईंले यसअघि बिहीबार बल्खुमा प्रदर्शन गर्दै शुक्रबारबाट तीनकुनेमा भेला भएर सिंहदरबार र राजनीतिक दलका नेताका घर लक्षित ‘श्रीलंका स्टाइल’ मा आन्दोलन गर्ने उद्घोष गरेका थिए ।

प्रसाईंले तीनकुने क्षेत्रसहित निषेधित क्षेत्रमा समेत प्रदर्शन गर्ने तयारी गरेपछि हिजो शुक्रबार दिनभर प्रहरीले उनलाई भक्तपुरस्थित घरभित्र मात्रै बस्न पाउने गरी निगरानीमा राखेको थियो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *