खेलकुदमन्त्री लिम्बुद्वारा उर्लाबारी आगलागी पीडितसंग भेटघाट : सरकारले घाइतेको उपचारमा आवश्यक सहयोग गर्ने

news-details

यूवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुले , मोरङको उर्लाबारीमा भएको आगलागीमा परी घाइते भएकाहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

शुक्रबार किर्तिपुरस्थित वर्न रेन्टरमा पुगेर खेलकदमन्त्री लिम्बुले घाइते भएका २५ जनाको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् ।

निरिक्षणपछि संचारकर्मीसंग मन्त्री लिम्बुले, बिरामीहरुको उपचारमा सरकारले सक्दो प्रयास गर्ने प्रतिबद्धता जनाए ।

उनले भने,‘जहाँ सम्म उपचारको कुरा छ । सरकारले केहि कमि कमजोरी नगरी सबैको जिवन रक्षाको निम्ति जति प्रयास गर्नुपर्छ सरकारले गर्छ । विश्वास दिलाउन चाहान्छु सबै सकुशल फर्किने छन् ।’

उनले बिरामी निको भएर फर्केर आईसकेपछि दिर्घकालिन असर पुगेको कुरामा पनि सोच्ने भन्दै भने, ‘दिर्घकालिन रुपमा के गर्ने भन्ने कुरामा बिरामी निको भएर फर्केर आईसकेपछि के गर्ने भन्ने कुरामा छलफल गर्ने छौ । बिरामीको उपचारमा हाम्रो पहिलो ध्यान जाने छ ।’

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *