जाजरकोट भूकम्पबारे ठोस निणर्य गर्न विपद व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक बस्दै

news-details

प्रधानमन्त्री पुष्पकमल दाहाल प्राचण्डले विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक बोलाएका छन् ।

शुक्रबार राती जाजरकोटको रामीडाडाँ केन्द्रबिन्दु भई गएको ४ दशमलव ६ रेक्टरको विनासकारी भूकम्प पछिको प्रभाव, प्रभावित क्षेत्रको अवस्था र आगामी कार्यको लागि आवश्यक निणर्य गर्न बैठक बोलाईएको गृह मन्त्रालयले जनाएको छ ।

बैठकमा परिषद्का सबै सदस्य तथा सुरक्षा निकायका पदाधिकारीलाई उपस्थितिको लागि आह्वान गरिएको छ ।

बैठक बिहान साँढे ९ बजे सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बस्दै छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *