११ दिनको उपचारपछि डिस्जार्च भए राष्ट्रपति रामचन्द्र पौडेल

news-details

११ दिनको उपचारपछि राष्ट्रपति रामचन्द्र पौडेल आफ्नो निवास फर्केका छन् ।

बुधबार राष्ट्रपति कार्यलयले एक विज्ञप्ति सार्वजनिक गर्र्दै उनी आज डिस्जार्च भएर राष्ट्रपति निवास फर्किएको जानकारी दिएको हो ।

राष्ट्रपतिको कार्यालयका अनुसार २ गते उपचारका लागि त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त अध्ययन संस्थान अन्तर्गतको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका उनको छातीमा पेस मेकर राखिएको थियो ।

चिकित्सकहरुका अनुसार हाल उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *