घाँटी काटिएको अवस्थामा युवकको शव भेटियो

news-details

सप्तरीमा घाँटी काटिएको अवस्थामा एक व्यक्तिको शव फेला परेको छ । जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर ४ मधवापुरस्थित खेतमा शव भेटिएको प्रहरीले जानकारी दिएको छ ।

अन्दाजी २५ बर्षका जस्तो देखिने युवकको घाँटी काटेर हत्या गरेको अवस्थामा शव भेटिएको हो । यस विषयमा अन्य अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रवक्ता नरेश कुमार सिंहले जानकारी दिए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *