विश्वकै प्रदुषित शहरको सूचीमा काठमाडौं

news-details

सोमबार दिनभरि काठमाडौं उपत्यकामा राम्रोसँग घाम लाग्न पाएन । तुवाँलोले वायुमण्डल ढपक्कै ढाकिरह्यो । धेरैले आँखा पिरो भएको, चिलाएको र नाक पोलेको अनुभव गरे । अघिल्लो साता यसरी नै प्रदूषण बढेपछि सरकारले बुधबारदेखि ४ दिन विद्यालय बन्द गर्ने निर्णय लिएको थियो ।

बुधबार राति नै काठमाडौं उपत्यकासहित पहाडी भूभागमा पानी परेका कारण प्रदूषण केही कम भएको थियो । तर अहिले फेरि प्रदूषण बढ्न थालेको छ ।
हावाको प्रदुषण मापन गर्ने एयर भिजुअल सूचक आइक्यू एयरले काठमाडौंलाई संसारकै प्रदुषित सहरको सूचीको पहिलो स्थानमा राखेको छ ।

यो समाचार तयार पर्दा सम्म काठमाडौं संसारकै प्रदूषित सहरको सूचीमा पहिलो स्थानमा रहेको छ । काठमाडौंको एक्यूआइ अहिले १९४ छ । यसअघि बिहान काठमाडौं प्रदुषित शहरको सूचीमा चौथौ नम्बरमा रहेको थियो । अहिले झनै प्रदुषण बढेर पहिलो नम्बरमा पुगेको छ ।

एक्युआई १५० भन्दा माथि भएमा अस्वस्थकर मानिन्छ । एक्युआई ३०० भन्दा बढी हुनु निकै घातक हुन्छ र यो अवस्थामा विपद घोषणा गरिनुपर्छ ।

सूचीको दोस्रोमा थाइल्याण्डको च्याङमाइ सहर रहेको छ । यस्तै तेस्रो स्थानमा भारतको कोलकत्ता सहर छ । चौथो स्थानमा थाइल्याण्डको बैंकक र पाँचौ नम्बरमा पाकिस्तानको बैंकक रहेको छ ।

हाल केही दिन यतादेखि देशका विभिन्न ठाउँमा लागेको डढेलोका कारण देशभर वायु प्रदूषण बढेको छ । डढेलोकै कारण काठमाडौँ उपत्यकासहित देशभर वायु प्रदूषण बढ्दै गएको र केही दिनयता नेपालको वायु अस्वस्थकर बन्दै गएको वातावरण विभागले जनाएको छ ।

वरिष्ठ मौसमविद् राजु प्रधानाङ्ग तुवाँलोले उपत्यकामा वायु प्रदूषित भएको बताउँछन् । उनको भनाइलाई वातावरण विभागको आँकडाले पनि पुष्टि गर्छ ।

पोलुनस डट जीओभी डट एनपीका अनुसार सोमबार साँझ काठमाडौं उपत्यकाको भक्तपुरमा एअर क्वालिटी इन्डेक्स (एक्यूआई) ३३८ छ । भैंसेपाटीको २९५, रत्नपार्कमा २६५ र कीर्तिपुरमा २२४ छ । समयअनुसार यो केही तलमाथि भइरहेको छ ।

तर, काठमाडौंका सबै प्रदूषण जाँच केन्द्रमा प्रदूषणको तह धेरै अस्वस्थकर वा सोभन्दा माथि छ । वातावरण विभागका अनुसार २०१ देखि ३०० एक्यूआई ‘धेरै अस्वस्थकर’ वायुको सूचक हो भने ३०१ देखि ४०० लाई ‘खतरनाक’ मानिन्छ ।

स्विटजरल्याण्ड मुख्यालय रहेको आईक्यूएअरका अनुसार सोमबार काठमाडौंको वायु प्रदूषण विश्वकै ठूला शहरमा सबभन्दा प्रदूषित पाइएको छ । गत चैत १३मा पनि यस्तै नतिजा देखिएको थियो । सोमबार राति १०ः०४ बजे काठमाडौंको एक्यूआई ३५३ पुगेको आईक्यूएअरले देखाएको छ । विश्वकै दोस्रो स्थानमा रहेको भारतको राजधानी दिल्लीको एक्यूआई २४६ छ ।

काठमाडौंभन्दा बढी प्रदूषण वीरगञ्ज र धनगढी क्षेत्रमा छ । कैलालीको धनगढीमा एक्यूआई ४३८ छ भने बाराको सिमरामा ४०० छ । पोखरामा एक्यूआई २०७ र रारामा २२२ छ ।

मौसम विज्ञान विभागका अनुसार साँझ काठमाडौंको भिजिबिलिटी २ किलोमिटरसम्म मात्रै छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *