उदाउँदो सूर्यलाई अर्घ्य दिएर सकियो चैती छठ
- चैत्र १४, २०७९
- 0
मिथिला क्षेत्रमा मनाइने चैती छठ पर्व आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै सम्पन्न भएको छ।
हिजो अस्ताउँदै गरेको सूर्य तथा छठी मातालाई अघ्यदिएका भक्तजनले आज उदाउँदो सूर्यको पूजा आराधना गरेका हुन्।
चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने यस पर्वको चौथो दिन आज बिहान तराईका महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ, सर्लाही, रौतहट, बारा, पर्सालगायत मिथिलाञ्चलभरिको जलाशयमा उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै धुमधामका साथ चैती छठ सम्पन्न भएको हो।
सत्य अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्नु यस पर्वको विशेषता रहेको छ। पारिवारिक सुख, शान्ति, समृद्धि, शारीरिक कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकाङ्क्षा पूरा हुने जनविश्वासका साथ श्रद्धापूर्वक मनाइने छठ पर्वका अवसरमा पोखरी, नदी, तलाउ र जलाशयमा श्रद्धालु भक्तजनको भीड लाग्ने गर्दछ।
0 प्रतिक्रिया
सूर्यदर्शन सहकारी ठगी प्रकरण : प्रतिवादीतर्फका कानुन व्यवसायीको बहस जारी
कास्कीको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका आरोपी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेसहित सात प्रतिवादीहरूको थुनछेक बहस […]
सर्बेन्द्र खनालले एकाबिहानै गरे ‘एमाले’ छाडेको घोषणा
नेपाल प्रहरीका पूर्व प्रहरी महानिरिक्षक एवम् एमाले नेता सर्बेन्द्र खनालले आज एकाबिहानै आफु स्वतन्त्र भएको घोषणा गरेका छन् । सामाजिक […]
हेटौँडा उपमहानगरपालिकामा बाघको बढ्दो आतंक
दुईवटा राष्ट्रिय निकुञ्जसँग जोडिएको हेटौँडा उपमहानगरपालिका वडा नंबर १२ र १३ को सिमाना क्षेत्रमा बाघ देखा परेको छ । शनिबार […]
एमाले केन्द्रीय समिति बैठक बस्दैँ
नेकपा एमालेको केन्द्रीय समिति बैठक बिहान ११ बजेबाट सुरु हुँदैछ । बैठकमा पुस १८ गते बसेको सचिवालय बैठकले पारित गरेको […]
माओवादीको स्थायी कमिटी र केन्द्रीय समिति बैठक बस्दै
नेकपा माओवादी केन्द्रको स्थायी कमिटी र केन्द्रीय समितिको बैठक आज बस्ने भएको छ । केन्द्रीय कार्यालय पेरिसडाँडामा स्थायी कमिटीको बैठक […]