१६ औं अन्तर्राष्ट्रिय फुटवेयर औद्योगिक प्रदर्शनीको राष्ट्रपतिद्वारा उद्घाटन, प्रदर्शनी शनिवारसम्म चल्ने

news-details

राजधानीको भृकुटीमण्डपमा १६ औं अन्तर्राष्ट्रिय फुटवेयर औद्योगिक प्रदर्शनी शुरु भएको छ । तीन दिनसम्म सञ्चालन हुने प्रदर्शनीको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार गरेसँगै प्रदर्शनी शुरु भएको हो ।

फुटवेयर म्यानुफ्याकचर्स एसोसिएसन अफ नेपाल (एफम्यान)ले आयोजना गरेको औद्योगिक प्रदर्शनी पौष २३ गतेसम्म संचालन हुनेछ । नेपालमा पहिलो पटक अन्तर्राष्ट्रिय फुटवेयर औंद्योगिक प्रदर्शनी आयोजना गरिएकाले मेलामा स्वदेशी तथा विदेशी व्यवसायीहरुको स्टलहरु रहेका छन् ।

नेपाली उत्पादनको बजारीकरण गर्ने र आर्थिक समृद्धिको आधार तयार पार्ने उद्देश्यसहित यो प्रदर्शनी आयोजना भएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदर्शनीको उद्घाटन गर्दै स्वदेशी उत्पादन बढाउन लगानी पनि बढाउनुपर्ने बताइन् । राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकभित्र उपलब्ध श्रोत र साधनको दिगो उपयोग गर्दै स्वाधीन र आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्र निर्माण गर्न स्वदेशी उत्पादनमा वृद्धि गर्न अति आवश्यक रहेको बताइन् ।

राष्ट्रपतिले नेपाली श्रम, सीप र कच्चा पदार्थबाट नेपालमै उत्पादित सामग्रीहरूको निकासी प्रवर्द्धन गर्नसके मात्र हाल मुलुकले व्यहोरिरहेको चुलिँदो व्यापार घाटालाई सन्तुलनमा ल्याउन सकिने बताएकी छन ।

राष्ट्रपतिले सरकारले नेपालको अर्थ व्यवस्था विकास गर्न योगदान गर्ने तुलनात्मक लाभका क्षेत्रहरू पहिचान गरिसकेको उल्लेख गर्दै उल्लेखित क्षेत्रहरूमा लगानी बढाउन सहजीकरण गर्ने, उद्योगमैत्री नीतिहरू अवलम्बन गर्ने, स्वदेशी उद्योगको संरक्षण गरी प्रतिस्पर्धी क्षमता बढाउन सहयोग गर्ने जिम्मेवारी सबैको दायित्व भएको बताएकी छन ।

प्रदर्शनीमा नेपालमा फुटवेयर तथा छालाजन्य सामाग्री उत्पादन विधि कच्चा पदार्थको गुणस्तरको पनि जानकारी गराइने र एउटै छानामुनि देशभरीका उद्योगी हुने हुदाँ पछिल्लो नयाँ डिजाइन, विकास र प्रतिस्पर्धी मुल्य छानेर कारोवार गर्नको लागि सहजता हुने एसोसिएसनका अध्यक्ष नानीराज घिमिरेले जानकारी दिए ।

संघका अध्यक्ष घिमिरेले स्वदेशी माग पूरा गर्न आत्मनिर्भर भए पनि चोरी पैठारीका कारण समस्या भएको बताए । उनले भने, ‘चोरी पैठारी, न्यून विजकीकरण, दक्ष जनशक्तिको अभाव र अनियन्त्रित सस्तो जुत्ताको आयातले स्वदेशी उद्योगलाई प्रभाव पारेको छ ।’

मेला संयोजक सुरज बञ्जाडेका अनुसार मेलामा ४० विदेशी कम्पनीका जुत्ता तथा सोसम्बन्धीका स्टल पनि छन् । आयोजकका अनुसार ब्रान्ड अनुसार ग्राहकका लागि ४० प्रतिशतसम्म छुटको समेत व्यवस्था गरिएको छ ।

आयोजकले देश भरीबाट ४० हजार देखि ५० हजार उद्योगि, डिलर, होलसेलर र खुद्रा व्यापारीहरुको सहभागिता जनाउने अपेक्षा गरेका छन् । प्रदर्शनीमा विदेशी कच्चा पदार्थ, मेशिनरी र प्रविधि सहितको ४० भन्दा बढि कम्पनीका स्टल रहने र नेपाली फुटवेयरका ९० कम्पनी सहभागि हुने मेला संयोजक तथा एसोसिएसनका उपाध्यक्ष बञ्जाडेले बताए ।

स्वदेशी उत्पादनलाई प्रवद्र्धन गर्न प्रर्दशनीको माध्यमबाट व्यापक प्रचारप्रसार गरी बाह्य बजारसमेत विस्तार गर्ने रणनीति पहल गर्न मेला आयोजना गरेको मेलाको संयोजक बञ्जाडेले बताए ।

विश्वमा ख्याति कमाएका बहुराष्ट्रिय कम्पनीहरुले प्रदर्शनीमा भाग लिने हुँदा नेपाली उद्यमीले आफ्नो उत्पादनलाई प्रतिस्पर्धी मुल्यमा गुणस्तरीय कच्चा पदार्थ, मेशिनरी र प्रबिधीको पहँुच सहज बनाई गुणस्तरीय उत्पादन गर्न सहज हुने विश्वास आयोजकले लिएका छन् ।

हाल नेपालमा बिक्रि हुने फुटवेयरजन्य सामान करीव ५० प्रतिशत रहेको र यसलाई नेपालभरका डिलर, होलसेल, खुद्रा व्यवसायी मार्फत विक्रि वितरणमा वृद्धि बढाई नेपाली उत्पादनको हिस्सा ७५ प्रतिशत पु¥याउने लक्ष्य सहित प्रदर्शनी गर्न लागिएको एसोसिएसनले जनाएको छ । त्यस्तै नेपाली फुटवेयर उद्योगमा लाग्ने कच्चा पदार्थको हिस्सा ४० प्रतिशतबाट बढाएर ६० प्रतिशत पु¥याउने लक्ष्य पनि लिइएको आयोजकले जनाएको छ । कच्चा पदार्थ, मेशिनरी र प्रविधिमा वैदेशिक लगानी भित्राउने तथा हाल भइरहेको निर्यातलाई दोव्बर बनाउने लक्ष्य पनि आयोजकको रहेको छ ।

यो पनि पढनुहोस्

काठमाडौंको भृकुटीमण्डपमा पहिलोपटक अन्तर्राष्ट्रिय फुटवेयर औद्योगिक प्रदर्शनी हुँदै : औद्योगिक प्रर्दशनीका ७ विशेषता

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *