मंगलबार लाग्दै छ खण्डग्रास सूर्यग्रहण

news-details

कार्तिक कृष्ण औँसी अर्थात् आगामी मंगलबार खण्डग्रास सूर्यग्रहण लाग्दै छ।

मंगलबार अपराह्न ४ बजेर ५२ मिनेटमा ग्रहण सुरु (स्पर्श गर्ने) हुने नेपाल पञ्चांग निर्णायक विकास समितिबाट अनुमति पाई प्रकाशित पात्रोमा उल्लेख छ। साँझ ५ बजेर २४ मिनेटमा सकिने (मोक्ष हुने) छ।

खगोलविद् डा जयन्त आचार्यका अनुसार ग्रहण ४:५३ मा सुरु भई ५:२६ मा सकिने छ। ​खगोलविद् आचार्यका अनुसार सूर्य नांगो आँखाले हेर्न हुँदैन। विशेष किसिमको यन्त्रबाट मात्र हेर्नुपर्छ। विशेष किसिमको चस्मा, टेलिस्कोप, बाइनाकुलर प्रयोग गरेर ग्रहण हेर्न सकिने उनले बताए।

यो ग्रहण नेपालका सबै भूभाग विशेषगरी पूर्वी भागबाट प्रष्ट देख्न सकिने छ। यो ग्रहण नेपाललगायत भारत, पाकिस्तान, अफगानिस्तान, इरान, इराक, मध्य एसिया, युरोप, उत्तर अफ्रिका, मंगोलिया, सिरिया र नर्वेलगायत देशबाट देख्न सकिने आचार्यले बताए।

फलादेशमा विश्वास गर्नेका लागि पात्रोमा शुभ र अशुभको फल बताइएको छ। पञ्चांगका अनुसार यो ग्रहण वृष, सिंह, धनु र मकर राशिलाई शुभ छ। मेष, मिथुन, कर्कट, कन्या, तुला, वृश्चिक, कुम्भ र मीन राशिलाई अशुभ हुने उल्लेख छ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *