घुससहित पक्राउ परेका उपसचिव विरुद्ध भ्रष्टाचार मुद्धा दर्ता
- अशोज २, २०७९
- 0
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नागरिक उड्डयन महाशाखाका उप–सचिव प्रमोद नेपालले भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दर्ता गरेको छ ।
प्याराग्लाइडिङ सञ्चालनका लागि अनुमति पत्र (लाइसेन्स) उपलब्ध गराइदिने कामका लागि सेवाग्राहीसँग नगद छ लाख रुपियाँ घुस लिइसकेको र साथमा थप १६ लाख ५० हजार रुपियाँ नगद भेटिएपछि आयोगले अनुसन्धान सुरु गरेको थियो । आयोगले दुवै रकम अवैध कमाइ भएको निष्कर्ष निकालेको छ ।
आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार, उपसचिव नेपालविरुद्ध २२ लाख ५० हजार रुपियाँ बिगो दाबीसहित विशेष अदालतमा अभियोगपत्र दर्ता गरिएको छ ।
0 प्रतिक्रिया
जनजिवन : एउटा युवा शक्ति जसले अस्थायी रुपमा पान व्यापार गरिरहेका छन्
नेपाल जीवनस्तर सर्वेक्षणको तेस्रो प्रतिवेदनअनुसार गरिबीको रेखा प्रतिव्यक्ति प्रतिवर्ष १५ हजार ९ सयबाट वृद्धि भई ३७ हजार ८ सय ७९ […]
नेपालमा फेरि मंकीपक्स संक्रमित भेटिएपछि स्वास्थ्य मन्त्रालयल भन्याे- सतर्क रहनू
नेपालमा मंकिपक्स पुष्टि भएपछि सरकारले सतर्कता अपनाउन सचेत गराएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गरी सावधानी अपनाउन […]
आकाशबाट यस्तो देखियो गोङ्गबु बसपार्क र विष्णुमती नदी
विष्णुमती नदी नेपालको काठमाडौं उपत्यकामा बग्ने एक नदी हो जुन काठमाडौंको उत्तरमा शिवपुरी पर्वतको टोखाबाट सुरु हुन्छ। यो पुरानो काठमाडौं […]
ध्यान मावन जातिको कल्याणका निम्ति सकारात्मक छ : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले ध्यान मावन जातिको कल्याणका निम्ति भएको बताएका छन् । विश्व ध्यान दिवसको अवसरमा आज श्रव्यदृश्य माध्यमबाट […]
गोत्री केन्द्रविन्दू भएर बाजुरामा बिहानै भूकम्पको धक्का
बाजुराको पूर्वी उत्तरी भेगको जगन्नाथ गाउँपालिकाको गोत्री केन्द्रविन्दू बनाएर पाँच दशमलव २ म्याग्नेच्युडको भूकम्प गएको छ । भूकम्प मापन केन्द्र […]