दीपक खड्का : संखुवासभाले मात्र होइन देशले खोजेको नेता
- भदौ २६, २०७९
- 0
नेपाली काँग्रेसका नेता एवम् पूर्व राज्यमन्त्री दीपक खड्कालाई आगामी निर्वाचनका लागि संखुवासभा जिल्लाबाट प्रतिनिधि सभा सदस्यमा सिफारिस गरिएपछि उनको चर्चा हुन थालेको छ । छोटो समयमा नेपाली राजनीतिमा गर्विलो छवी बनाएका खड्का संखुवासभा जिल्लाका लागि मात्र नभएर देशकै लागि खोजिएको नेताकारुपमा चिनिएका छन् ।
नेपाली काँग्रेस संखुवासभा जिल्ला सभापति एवंम पुर्व राज्यमन्त्री खड्कासहित प्रतिनिधि सभा सदस्यमा अन्य नेताको नाम सिफारिस भए पनि खड्का नै चुनावी मैदानमा उत्रने पक्काजस्तै छ । भिजन र नेतृत्व क्षमता भएका खड्का आफैमा सफल र सबल मानिन्छन् ।
खड्कासहित केन्द्रीय सदस्य तारामान गुरुङ, युवा नेता दिपनकुमार श्रेष्ठको नाम पनि सिफारिशमा परेको छ । यसैगरी अन्य प्रत्यक्ष तर्फ टंकप्रसाद राई, जनक थापा, मिङमा शेर्पा, पाशाङ शेर्पा र उमेश चौहानको नाम पनि सिफारिसमा परेको छ ।
जिल्लाको मात्र नभएर देशकै प्रभावशाली मानिएका खड्का उम्मेदवार सिफारिस हुँदा संखुवाभाली जनताले खुशी व्यक्त गरेका छन् । ‘दिपक खड्कालाई हामीले प्रतिनिधि सभाको सांसद पायौ भने जिल्लाको मात्र होइन देशकै शान बढ्ने छ’ संखुवासभाका एक युवाले बताए ।
खड्का खानेपानी तथा सरसफाइ राज्यमन्त्री हुँदा मेलम्चीको पानी काठमाडौंमा ल्याउनका लागि खेलेको भूमिका, कोभिड महामारीमा आफ्नै नीजि खर्चमा गरेको सहयोग, जिल्लाबासीका लागि गरिरहेको आर्थिक तथा भौतिक सहयोग लगायत जनतासँग प्रत्यक्ष भिज्न र बुझ्न सक्ने क्षमता खड्कासँग भएकाले सबैले मुक्तकण्ठले प्रसंसा गरिरहेका छन् ।
केही बर्ष विदेशमा बसेर आर्थिकरुपमा सफल भएपछि खड्का नेपाली राजनीतिमा लागेर एक पटक सांसद भइ राज्यमन्त्री बन्न सफल भए । ‘अव उहाँ फुल मन्त्री भएको हेर्न मन छ’ जिल्लाबासीको भनाई छ । खड्का अहिले आफ्नो भिजन, प्रतिवद्धता र योजनासहित जनतासँग प्रत्यक्ष संवाद, छलफल र अन्र्तक्रियामा व्यस्त बन्न थालेका छन् ।
‘युवासँग दिपक खड्का’
संखुवासभाका युवाले शनिबार काठमाडौँको लैनचौर व्याङ्वेटमा ‘युवासँग दिपक खड्का’ कार्यक्रम राखेका थिए । सो अवसरमा नेता खड्कालाई संखुवासभाका युवा तथा उद्यमीहरुले प्रश्नोत्तर गरेका थिए ।
नेता खड्काले ईमान्दार र मेहेनत गरी राजनीति गर्ने र जनताको भावनालाई नेतृत्व प्रदान गर्न सक्ने नेतृत्वको खाँचो रहेको बताउँदै त्यस खाँचोलाई टार्न फेरी पनि आफू नेतृवमा आएर पूरा गर्ने प्रतिवद्धता व्यक्त गरे ।
संखुवासभालाई पहाडी क्षेत्र तथा जिल्लामा उत्कृष्ट बनाउन स्थानीयवासी एक हुनपर्ने र गेम चेञ्जर विकासको मोडालीटीमा काम गर्नुपर्ने उनको भनाई छ । उर्जा, पर्यटन कृषि, जड़ीबुटी क्षेत्रमा प्रचुर सम्भावना बोकेको संखुवासभामा यी क्षेत्रको विकास हुन नसकेको र यहाँ भएका स्थानीय स्रोत साधनको उचित परिचालन गरी त्यस ठाउँको विकास गर्न आफूले उमेद्धार बन्न लागेको बताए ।
संखुवासभा ऊर्जा क्षेत्रमा सम्भावना बोकेको जिल्ला भएकाले त्यस क्षेत्रको विकास र समृद्धको लागि सबै संखुवासभावासी एक भएर अगाडी बढ्नुपर्ने धारणा खड्काको छ । जिल्लामा बनेका जलविद्युत आयोजनाबाट हरेक घरधुरीले इक्यूटी सेयर ५ प्रतिशत र डाइरेक्ट शेयरमार्फत २० लाख सम्म २ देखि ३ प्रतिशत ब्याजदरमा ऋण दिनुपर्ने भनी सरकारलाई आग्रह गर्ने उनले बताए ।
नेता खड्काले संखुवासभालाई एक नमूना जिल्लाको रूपमा स्थापित गर्न त्यहाँका सबै जनताको साथ र सहयोगको आवश्यकता रहेको बताउँदै उर्जा, कृषि, यातायातको क्षेत्रमा नेतृत्व गरेर ती क्षेत्रबाट स्थानिय जनतालाई आयआर्जनसँग जोडेर लोभलाग्दो संखुवासभा बनाउने उद्देश्य रहेको प्रतिवद्धता व्यक्त गरे ।
संखुवासभामा रहेको किमाथान्काको नाका लाई खोलेर १२ महिना नै यहाँ उत्पादन भएका वस्तूलाई चाइना र इण्डिया निर्यात गर्न सकिने उनको भनाई छ । साथै त्यो नाकाबाट वार्षिक ३ देखि ४ लाख आन्तरिक तथा वाह्य पर्यटनलाई फ्लो गर्न सकिने उनको अवधारणा रहेको छ ।
खड्काले संखुवासभाका युवालाई ईमान्दारी, मेहनत र राम्रो शिक्षा हासील गरेर राजनीतिमा प्रवेश गर्नुपर्ने र जागीर भन्दा पनि उद्यम तथा व्यवसाय लाग्न सुझाव दिए । उनले सफलता प्राप्त गर्नका लागि मेहनत इमान्दारीता, लगाव र लगनशिलता चाहिने र स्थानीय स्रोत साधनको परिचालन कसरी गर्नुहुन्छ भन्ने विषयले पनि फरक पार्ने बताए ।