महाभियोग सिफारिस समितिले बयानका लागि बोलायो जबरालाई
- भदौ ८, २०७९
- 0
महाभियोग लागेका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिले बयानका लागि भदौ १५ गते बोलाउने निर्णय गरेको छ ।
समितिको बुधवार बसेको बैठकले जबरालाई १५ गते बिहान ११ बजे बोलाउने निर्णय गरेको हो । बैठकले भदौ २० गतेभित्र छानबिन सक्ने गरी कार्यतालिका बनाउँदै जबरालाई महाअभियोगबारे आफ्ना कुरा राख्न १५ गते बोलाउने निर्णय गरेको हो ।
समितिका जेष्ठ सदस्य रामबहादुर विष्टले जबरालाई १५ गते बोलाउने निर्णय भएको जानकारी दिए । समितिले आफ्नो आन्तरिक कार्यविधि र कार्यतालिका पनि पारित गरेको छ । भदौ ९ देखि १२ गतेसम्म जबराविरुद्धको प्रमाण संकलन गर्ने र त्यसमाथि अध्ययन गर्ने आन्तरिक कार्यविधिमा उल्लेख छ ।
गत फागुन १ गते सत्ता सत्ता गठबन्धनका ९७ जना सांसदले जबराविरुद्ध २१ बुँदे आरोप लगाउँदै महाअभियोग दर्ता गरेका थिए ।
0 प्रतिक्रिया
रवि लामिछाने र छविलाल जोशी विरुद्ध पर्साबाट पनि पक्राउ पुर्जी जारी
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र पूर्वडीआईजी छविलाल जोशी विरुद्ध पर्साबाट पनि पक्राउ पुर्जी जारी भएको छ । […]
वैदेशिक रोजगार व्यवसायी संघले सिफलमा प्रशासनिक भवन खरिद गरेर सार्यो कार्यालय
वैदेशिक रोजगार व्यवसायीहरुको साझा संस्था नेपाल बैदेशिक रोजगार व्यवसायी संघले आफ्नै प्रशासनिक भवन खरिद गरेर कार्यालय स्थानान्तरण गरेको छ । […]
लुम्बिनीमाथि विराटनगरको रोमाञ्चक जित
नेपाल प्रिमियर लिग(एनपीएल) मा विराटनगर किङ्सले पहिलो जित दर्ता गरेको छ । हाइस्कोरिङ थ्रिलरमा लुम्बिनी लायन्सलाई विराटनगरले दुई विकेटले हराएको […]
सेयर बजारमा गिरावट, कारोबार रकम भने बढ्यो
बुधबार, सेयर बजारको परिसूचक नेप्से २४.९७ अंक घटेर २७५० अंकमा कायम भएको छ । यस गिरावटसँगै बजारको कारोबार रकम भने […]
मुलुकमा फेरि नयाँ क्रान्ति आवश्यक भएको छ : प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले फेरि एकपटक नयाँ क्रान्ति आवश्यक भएको बताएका छन् । गणतन्त्र सेनानी कोषले […]