सप्तरीमा करेन्ट लागेर ससुरा–बुहारीसहित तीनजनाको मृत्यु
- साउन १९, २०७९
- 0
सप्तरीमा बुधबार करेन्ट लागेर ससुरा–बुहारीसहित तीन जनाको मृत्यु भएको छ । कञ्चनरुप नगरपालिकामा गए राति करेन्ट लागेर दुई जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा कञ्चनरुप–६ का ४० वर्षीय सौदानन्द सरदार र २० वर्षीया अन्जली सरदार छन् ।
उनीहरु ससुरा–बुहारी हुन् । इलाका प्रहरी कार्यालय कंचनपुरका प्रहरी नायब उपरीक्षक रामकुमार यादवका अनुसार सात महिनाकी गर्भवती अन्जली आफ्नै आँगनमा मोटर जडान गरिएको ट्युबेलमा पानी लिन जाँदा करेन्ट लागेको हो । अचेत भएकी बुहारीलाई छुटाउन गएका सौदानन्दलाई समेत करेन्ट लागेको थियो । दुवै जनाको घटनास्थलमा नै मृत्यु भएको यादवले बताए ।
यस्तै सप्तरीको राजगढ गाउँपालिका–२ कमलपुरमा ५६ वर्षीय शिवशङ्कर साहको समेत करेन्ट लागेर मृत्यु भएको छ । आफ्नै घरको आँगनमा रहेको चापाकलमा जडान गरिएको मोटरमा पानी तान्ने क्रममा उनलाई करेन्ट लागेको हो ।
0 प्रतिक्रिया
काठमाडौंमा ‘एनआरएन ग्लोबल कन्क्लेभ-२०२४’ सुरु, प्रधानमन्त्री ओलीले गरे उद्घाटन
गैरआवासीय नेपाली दिवसको अवसरमा आयोजना गरिएको ‘ग्लोबल कन्क्लेभ–२०२४’ तथा एनआरएनएको वार्षिक साधारणसभा आजबाट काठमाडौमा सुरु भएको छ । काठमाडौको सोल्टी […]
विश्वकप लिग–टू : आज नेपालले अमेरिकासँग प्रतिस्पर्धा गर्दै
आइसीसी विश्वकप लिग टू अन्तर्गतको त्रिकोणात्मक एक दिवसीय क्रिकेटमा नेपालले आज अमेरिकासँग खेल्दै छ । नेपाली टोली क्यानडामा भएको त्रिकोणात्मक […]
बारामा अज्ञात समूहद्वारा एक जनाको हत्या
अज्ञात समूहले बारामा धारिलो हतियार प्रयोग गरी एक जनाको हत्या गरेको छ । महागढीमाई नगरपालिका-१ मा धारिलो हतियार प्रयोग गरी […]
साफ वुमेन्स च्याम्पियनसिप : आज भारतसँग सेमिफाइनल खेल्दै नेपाल
काठमाडौंमा जारी साफ वुमेन्स च्याम्पियनसिप अन्तर्गत आजदेखि सेमिफाइनल चरणका खेलहरु हुँदैछन् । सेमिफाइनलमा आइतबार बंगलादेश र भुटान तथा नेपाल र […]
स्थानीय र पश्चिमी वायुको प्रभाव : यी स्थानमा हुनेछ वर्षा
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर स्थानीय वायु, पश्चिमी वायुका साथै भारतको ओडिशा आसपास रहेको न्यून […]