पेट्रोलियम पदार्थको मूल्य बढेसँगै सार्वजनिक यातायातको भाडा फेरि बढेको छ । बढेको सार्वजनिक सवारीको भाडा जेठ ४ गते (आजबाट) लागु भएको छ ।
यातायात व्यवस्था विभागले अन्तरप्रदेश यात्रुवाहक सवारीसाधनको भाडा ३.५ प्रतिशतले बढाएको छ । पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीको भाडा ४.६ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीको भाडा ५.१ प्रतिशतले बढेको छ ।
इन्धनको मूल्य १० प्रतिशत बढी मूल्य बढेकाले भाडा बढाइएको विभागले जनाएको छ । अहिले डिजेल प्रतिलिटर १ सय ५३ रुपैयाँ पुगेको छ ।
केही दिनअघि मात्रै निगमले पेट्रोल र डिजेलमा प्रतिलिटर १० रुपैयाँ मूल्य वृद्धि गरेको थियो । यसअघि २०७८ चैत १७ गते भाडा बढेको थियो ।
बढेको भाडादरको सूची








