भक्तपुर सृजनानगरस्थित युरो किड्स विद्यालयको छैटौं अभिभावक तथा दीक्षान्त समारोहमा १६ जना विद्यार्थी दीक्षित भएका छन् ।

सोमबार सम्पन्न समारोहमा नर्सरीदेखि ६ कक्षासम्मका विद्यार्थीले नृत्य, गायन, कराते, योगा लगायतका विभिन्न कला प्रदर्शन गरेका थिए । विद्यालयका संस्थापक अध्यक्ष नवराज काफ्लेले अभिभावकको चाहनाअनुसार स्कूलको शैक्षिक तथा भौतिक गुणस्तर कायम गर्ने विषयमा कुनै सम्झौता नगरिएको बताए ।

विश्वका विभिन्न देशका विद्यालयसँग सहकार्य गर्दै विश्व स्तरको शिक्षा प्रदान गरिरहेको र गुणस्तर थप वृद्धिका लागि विद्यालय परिवार निरन्तर प्रयासरत रहेको संचालक काफ्लेको भनाई छ ।

भक्तपुर सृजनानगरस्थित युरो किड्सको छैटौं अभिभावक दिवसमा १६ विद्यार्थी दीक्षित

विद्यालयकी प्रिन्सिपल सम्झना गिरीले आफ्ना विद्यार्थीहरूलाई किताबी नभएर व्यवहारिक ज्ञान दिइएको बताइन् । कार्यक्रम अभिभावक महासंघका राष्ट्रिय अध्यक्ष सुप्रभात भण्डारीको प्रमुख आतिथ्यमा भएको थियो ।