चोभार सुक्खा बन्दरगाह सञ्चालनमा, प्रधानमन्त्री देउवाले गरे उद्घाटन

news-details

प्रधानमन्त्री शेरबहादुर देउवाले चोभार सुक्खा बन्दरगाह उदघाटन गरेका छन ।

चोभारमा एक कार्यक्रमबीच प्रधानमन्त्रीले बन्दरगाह उदघाटन गरेका हुन ।

नेपाल भारत क्षेत्रीय व्यापार तथा पारवहन आयोजना अन्तर्गत चोभारको दुई सय २८ रोपनी क्षेत्रफलमा सुक्खा बन्दरगाह निर्माण भएको हो ।

विश्व बैंकको ऋण सहयोगमा एक अर्ब ६७ करोड लागतमा निर्माण भएको आयोजना २०७५ जेठमा ठेक्का सम्झौता भएको थियो ।

बन्दरगाह उदघाटन गर्दै प्रधानमन्त्री देउवाले वैदेशिक व्यापारलाई प्रतिस्पर्धी र व्यवस्थित हुने विश्वास व्यक्त गरे । उनले सीमाका रहेका भन्सार कार्यालयलाई स्तरोन्नती गर्ने कार्यलाई तीब्रता दिएको बताए ।

बन्दरगाह सञ्चालनमा आएपछि राजधानी केन्द्रित व्यापारका लागि भारत र चीनको समुद्री बन्दरगाहबाट आउने मालसामान बोकेका कन्टेनर अब सिधै काठमाडौं आउन सक्नेछन् भने स्वस्देशी वस्तु निर्यात पनि सोही बन्दरगाहबाट हुनेछ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *