चीन सरकारले दिएको २० लाख सिरिन्ज नेपाल आइपुगेको छ ।
आज आइपुगेको उक्त सिरिन्ज नेपाल सरकारलाई अनुदान स्वरूप उपलब्ध गराएको चिनियाँ दूताबासले जनाएको छ ।
महामारीविरुद्धको लडाईंमा नेपाललाई साथ दिन सधैं प्रतिबद्ध रहेको दूताबासले जनाएको छ ।
नेपालसँगको निकटता कायम राख्दै आफ्नो क्षमताअनुसार महामारीविरुद्धको लडाईंमा सधैं सहयोग गर्न तयार रहेको दूतावासले जनाएको छ ।








