पछिल्लो २४ घण्टामा काठमाडौ उपत्यकामा ६२६३ सहित देशभर थप ११३५२ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
१८ हजार ७८ जनाको पीसीआर परीक्षण गर्दा ९५०२ र ५३३१ एन्टिजेन परीक्षणमा १८५० जना गरी जना गरी ११३५२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
उपत्यकाको काठमाडौमा ४६६६ जना, भक्तपुरमा ५७८ जना र ललितपुरमा १०१९ जना गरी कुल ६२६३ जनामा संक्रमण पुष्टि भएको छ ।
यस्तै मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ६१३ जना सङ्क्रमित कोभिडमुक्त भएका छन् ।
यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ४ जनाको मृत्यु भएको छ । योसँगै अहिलेसम्म् कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ११६२५ पुगेको छ ।








