धुर्मुश–सुन्तली फाउण्डेसनविरुद्ध अख्तियारमा भ्रष्टाचारको उजुरी परेको छ ।
फाउन्डेशनविरुद्ध चितवनको भरतपुरमा बन्दै गरेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा भ्रष्टाचार गरेको आरोपमा उजुरी परेको आयोगले जनाएको छ ।
आयोगमा फाउन्डेशनविरुद्ध इमेलमार्फत उजुरी परेको छ ।
उजुरीमा खर्चअनुसारको काम नभएको र फाउन्डेशनबाटै भ्रष्टाचार भएको आरोप लगाइएको छ ।
धुर्मुस–सुन्तली फाउण्डेसनले बनाउने भनेको रंगशालामा हालसम्म ५४ करोड रुपैयाँभन्दा बढी खर्च भइसकेको बताइएको छ । कार्य भने हालसम्म १४ प्रतिशत मात्रै सम्पन्न भएको छ ।
करिब २ अर्बमा निर्माण सम्पन्न गर्ने भनिएकोमा आफूहरुलाई १७ करोड बढी ऋण लागेको भन्दै फाउन्डेशनमा केही दिन अघि निर्माण कार्यबाट पछि हटेको थियो ।








